एक युवकको पेटबाट डाक्टरले निकाले नेलकटर, औंठी, सिक्का र साँचो सहित ५० वस्तु

Posted on: 17 Jun, 2019

असार २, एजेन्सी | भारतको राजस्थानको उदयपुरका एमबी अस्पतालमा शनिवार एक सर्जरी गरियो, जुन सर्जरी पछी अचम्म लाग्दो समाचार बाहिर आएको छ । चिकित्सकहरुले २४ बर्षीय एक युवा गजेन्द्रको पेटको सर्जरी गरि ५० प्रकारका वस्तुहरु निकालेका छन् । जसमा साँचो, नेलकटर, सिक्का, चिलिमको, काठको माला, औंठी, पिन, क्लिप आदि वस्तु छन् । सर्जरी पछि व्यक्ति स्वस्थ छन् ।

सर्जरी गर्ने विभागका अध्यक्ष डा. डीके शर्माले बताए कि युवक नशा सेवन गर्थे । उनि रक्सिसँगै चिलिम सहित कयौं प्रकारका नशा पदार्थको सेवन गर्थे । नशामा उनले भेटेका सबै कुरा निलेका थिए । १५ दिन अघि रोगी अस्पतालमा भर्ना भए । उनलाई पेट दुख्ने, उल्टी हुने र खाना खान खोज्दा दुख्ने समस्या भएको थियो ।

युवकको एक्स-रे गर्ने क्रममा पेटमा केहि चीज देखियो । फेरी दुखाई कमि गर्न सिटि स्क्यान पनि गराइयो । आमाशयमा धेरै कुरा देखियो । एन्डोस्कोपी पछि युवकको पेटको सर्जरी गरियो । गजेन्द्रको अपरेशन ९० मिनेटसम्म चल्यो । डा. शर्माको अनुसार धेरै जस्तो सामग्री उनको आमाशय र केहि चिज अन्य ठाउँमा भेटिएको थियो । यो कारणले एक स्थानमा गजेन्द्रको अल्सर भएको छ । 


डा. शर्माले भने अनुसार गजेन्द्र मनोरोगबाट ग्रसित छन् । यस अवस्थामा रोगी आफ्नो नजिक जे भेट्छ खाईदिन्छ, जुन खानको लागि उपयुक्त हुँदैन त्यो कुरा समेत खाईदिने यस्ता विरामीलाई सक्दो केयर गर्नुपर्छ । यो घटनामा अचम्म लाग्दो कुरा के छ भने साना बस्तु निल्न सजिलो भए पनि नेलकटर समेत पेटमा भेटिएको थियो । त्यस्तै सिक्री, लामो खालको साँचो, तमाखु खान प्रयोग हुने सुल्फा जस्ता चीज पेटमा थियो । चिकित्सकहरुको लागि यो सल्यक्रिया नयाँ र अचम्म लाग्दो थियो । सल्यक्रियापछी बिरामी स्वस्थ अवस्थामा छन् ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!