कञ्चनपुर: मृतक तीनै जनाको सनाखत

Posted on: 14 Jun, 2019

जेठ ३१,कञ्चनपुर |कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।

गड्डाचौकीबाट भीमदत्तनगर बजारतर्फ आइरहेका म१ह ७६३ नंको अटोलाई विपरीत दिशाबाट गइरहेको से१त ७३३ नंको जेसिबीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी बैतडीको देहीमाण्डौँ नगरपालिका–२ का अन्दाजी २८ वर्षीय किशन बोहरा, पोखरा  पृथ्वीचोक बस्ने ३५ वर्षीया बीना रिजाल र भारतीय नागरिक ५८ वर्षीय तिलप्रसादको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका अटो चालक २६ वर्षीय प्रेम थापालाई भारत र अर्का घाइते बेल्डाँडी गाउँपालिका–७ का सन्तोष लुहारलाई धनगढी उपचारका लागि पठाइएको छ । त्यसैगरी दुर्घटनामा परी घाइते भएकी मृतक बोहराकी श्रीमती लक्ष्मी बोहरा, अन्दाजी तीन वर्षीय छोरा निशान्त बोहरा र भीमत्तनगरपालिका–१० का जगदीश पार्कीको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनापछि फरार रहेका जेसिबी चालकको खोजीकार्य तीव्र पारेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!