साघुरो बाटोको कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान

Posted on: 12 Jun, 2019

सुनिल कुँवर | जेठ २९, काठमाडौँ | बझाङको बुंगल नगरपालिका देउलेकोटमा जीप दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । आज बिहान भएको उक्त घटनामा जीप चालक लक्ष्मण धामी गम्भीर घाईते भएका हुन् । 

उक्त घटनामा तीन जना जीप मालिक कर्ण धामी, देउलीकोट स्वास्थ्य चौकीका अहेव नरेस बोहरा र जीपका सहचालक हरिस धामी सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय बुङ्गलका प्रहरी प्रमुख जनक धामीले जानकारी दिएका छन् ।

जीप सडकबाट करिव आठ मिटर तल खसेको र साघुरो कच्ची बाटो भएको कारण घुम्तीमा मोड्ने क्रममा खसेको हुनसक्ने प्रहरीको अनुमान छ । चालक, जीप मालिक र देउलीकोट स्वास्थ्य चैकिका अहेवलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र देउरा पठाइएको छ । सहचालक भने सकुसल छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!