सुनकोशीले बगाउँदा बालकको मृत्यु

Posted on: 08 Jun, 2019


जेठ २५ , खोटाङ |सुनकोशीले बगाउँदा खोटाङमा एक बालकको मृत्यु भएको छ । उदयपुरको रुपाटार गाउँपालिका–५ खुमलटारस्थित आफन्तको घरमा गएपछि घर फर्कने क्रममा शनिबार सुनकोशीले बगाउँदा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका १२ वर्षीय विजय राईको मृत्यु भएको हो ।

 बालकलाई नदी तर्ने क्रममा सुनकोशीले बगाएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताउनुभयो । 

मृत बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पठाउने तयारी गरिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राईले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!