यी ८ देशमा महिलाले वक्षस्थल देखाए ३ बर्षसम्मको जेल सजाय हुन्छ

Posted on: 25 May, 2019

महिलाहरुको वक्षस्थलमाथि कतिपय देशमा बिभिन्न खाले कानून बनेका छन् । तल बिभिन्न ८ देशमा बक्षस्थल देखाउने महिलाहरुको लागि यस्ता कानुनी प्रावधान छन्: 

१. रुसः 

रुसमा महिलाले टपलेस अर्थात् अर्धनग्न भएर तस्वीर खिचाएको पाइएमा ५ हजार रुपैयाँ बराबरको आर्थिक सजायँ भोग्नुपर्ने कानून छ ।

२. मेक्सिकोः 

मेक्सिकोमा जनताले घरमा बन्दुक राखेमा कारवाही भोग्नु पर्दैन । तर यदि कोही महिलाले सार्वजनिक रुपमा आफ्नो वक्षस्थल देखाएमा ५० युरो बराबरको जरिवाना तिर्नुपर्छ ।

३. ब्राजिलः 

दक्षिण अमेरिकी देशहरु अंग प्रदर्शनका लागि धेरै उदार रहेको अनुमान त्यहाँ हुने विभिन्न नृत्य तथा महोत्सवहरुमा गरिने अंग प्रदर्शनबाट गर्न सकिन्छ । तर ब्राजिलमा अंग प्रदर्शन विरुद्ध कडा कानून छ । यदि त्यहाँ कोही महिलाले आफ्नो वक्षस्थल प्रदर्शन गरेमा ३ वर्षको जेल सजाय हुने प्रावधान छ ।

४. सूडानः 

सुडानमा आफ्नो वक्षस्थल देखाउने महिलालाई ५० कोर्रा हिर्काइन्छ ।

५. सिरियाः 

सिरियामा महिलाहरु हिजाब नलगाएको आरोपमा पनि जेलको हावा खानुपर्छ भने वक्षस्थ्ल देखाउँदा त के होला ? अनुमान पनि गर्न सकिन्न ।

६. इराक: 

इराकमा वक्षस्थल प्रदर्शन गर्ने महिलाहरुलाई कुटपिट गरिन्छ र जेलमा हालिन्छ ।

७. युएइः 

आफ्नो वक्षस्थ्ल सार्वजनिक रुपमा देखाउने महिलालाई युएइमा ६ महिनाको कैद हुने प्रावधान छ ।

८. सिंगापुरः 

यहाँ यदि कोही महिलाले स्तन देखिने कपडा लगाएमा उनलाई ९० दिनसम्मको जेल सजाय हुने कानून छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!