यी हुन् विश्वकै अग्ला नेता, कति छ उचाई ?

Posted on: 14 May, 2019

काठमाडौं | अमेरिकाको न्युयोर्क सिटी काउन्सिलका सदस्य रोबर्ट कोर्नेगी विश्वकै सबैभन्दा अग्ला राजनीतिज्ञ बनेका छन् ।

ब्रुकलिनबाट प्रतिनिधित्व गर्ने रोबर्ट ६ फुट १० इन्च अर्थात् २ सय ८ सेन्टिमिटर अग्ला छन् ।


बुधबार न्युयोर्क सिटी हलमा भएको विशेष समारोहमा उनलाई विश्वका सबैभन्दा अग्ला पुरुष राजनीतिज्ञको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्को प्रमाणपत्र प्रदान गरियो ।

दुई वर्षअघि आफ्नो सहकर्मीले आफुलाई तपाईं अहिलेसम्मकै अग्लो नेता हुनुपर्छ भनेर भनिदिएपछि आफूलाई गिनिज बुकमा नाम लेखाउने रहर जागेको उनले बताएका छन् ।

अग्लो हुनुका केही बेफाइदा पनि रहेछन् ।

खासगरी आफूलाई मिल्ने जुत्ता र लत्ताकपडा बजारमा भेट्टाउन निकै गाह्रो पर्ने उनको भनाइ छ ।

स्मरणरहोस् यसअघि बेलायतका सर लुईस ग्लुक्स्टेन विश्वको सबैभन्दा अग्लो नेताको रुपमा गिनिज बुकमा दर्ज थिए । उनको उचाइ ६ फुट साढे ७ इन्च थियो ।

उनको सन् १९७९ मा मृत्यु भएको थियो ।

त्यसपछि ६ फुट ६ इन्च अग्ला अर्का बेलायती सांसद् अग्ला नेताको रुपमा रहेका थिए ।

एजेन्सीको सहयोगमा

यस बिषयमा तपाइको प्रतिक्रिया...!