आफ्नो पतिको मृत्युमा नग्न नाँच देखाउने अचम्मको परम्परा !

Posted on: 10 May, 2019

काठमाडौं | चीनमा एउटा यस्तो ठाउँ छ जहाँ मृतकको अन्त्येष्टिको बेला उसका परिवारहरु नाचगान गर्दछन् अनि त्यसक्रममा अश्लील नाच पनि देखाइन्छ ।

चीनका कतिपय ग्रामीण इलाकामा अन्तिम संस्कारको बेला युवतीहरुको अश्लील नाचको आयोजना गर्ने परम्परा रहेको छ । सदियौँदेखि चलिरहेको यो परम्पराले समयसँग आधुनिक रुप पाएको छ । महिलाहरुले आफ्नो पतिको मृत्युसँगै नग्न नर्तकीहरु बोलाउँछन् । ती नर्तकीहरुले नग्न नाचमात्र होइन रोएको नाटक पनि देखाउँदछन् ।

अन्त्येष्टिका क्रममा अश्लील नाच देखाउने यो परम्पराका पछाडि एउटा अनौठो तर्क छ । अन्त्येष्टिमा अश्लील नाच देखाउनु मृतकलाई शानदार तथा अन्तिम विदाइको उपहार भएको विश्वास गरिन्छ । यस्तो नाच देखाउनाले मलामीहरुको संख्या धेरै हुने र जति धेरै मलामी भयो मृतकको आत्माले उति नै धेरै शान्ति प्राप्त गर्ने विश्वास पनि रहिआएको छ ।

चीन सरकारले यो प्रथालाई गैरकानूनी घोषित गर्दै प्रतिबन्ध लगाएको छ । तथापि, चीनका कतिपय ग्रामीण क्षेत्रमा यो परम्परा निर्वाध रुपमा चलिरहेको छ ।

एजेन्सीको सहयोगमा

यस बिषयमा तपाइको प्रतिक्रिया...!