जुम्ल्याहा बच्चाहरूले जब आमाको पेटमै मुक्कामुक्की गरे ! (हेर्नुहोस् भिडियो)

Posted on: 17 Apr, 2019

बैशाख ४, काठमाडौँ - चीनको यिन्चुवान प्रान्तमा २८ वर्षका ताओले आफ्नी पत्नीको अल्ट्रासाउण्डमा अनौठो दृश्य देखे । पेटमा दुई जुम्ल्याहा बच्चाहरू एक आपसमा मुक्कामुक्की गरिरहेका थिए । यो दृश्यलाई उनले मोबाइलमा रेकर्ड गरे र हालसम्म करोडौंले उक्त भिडियो हेरिसकेका छन् ।

गर्भमै मुक्कामुक्की गरेका जुम्ल्याहाहरू छोरी भएको जनाइएको छ । अहिले तिनीहरू जन्मिसकेका छन् तर आमाको पेटमा गरेजस्तो मुक्कामुक्की भने गरेका छैनन् । बाबु ताओले अन्तर्राष्ट्रिय संचारमाध्यमलाई बताए, 'त्यो अल्ट्रासाउण्डको भिडियो मैले खिचेको थिएँ, यतिधेरै मान्छेहरूले हेर्लान भन्ने थाहा थिएन । मेरा प्यारा दुई छोरीहरूको नाम 'चेरी' र 'स्ट्रबेरी' हो ।'

जुम्ल्याहा बच्चाहरू पेटमै मुक्कामुक्की गरेको दृश्य दुर्लभ र जोखिमयुक्त भएको डाक्टरहरू बताउँछन् । तर तिनीहरू भने स्वस्थ जन्मिएका थिए । अल्ट्रासाउण्डमा मुक्कामुक्की गरिरहेको भेटिएपछि अस्पतालका डाक्टरहरूले आपतकालीन अपरेसनको तयारी गरेका थिए । अपरेसनका क्रममा दुवैजनाको गर्भानाल एकआपसमा जेलिएको भेटिएको थियो । 

हेर्नुहोस् भिडियो - 

यस बिषयमा तपाइको प्रतिक्रिया...!