लगातार ४५ दिनसम्म PUBG खेल्दा २० बर्षीय युवाको मृत्यु, अर्का २५ बर्षीय युवाले एसिड पिए

Posted on: 27 Mar, 2019

चैत १३, एजेन्सीको सहयोगमा | नेपालमा धेरै युवाहरुको लोकप्रिय बनिरहेको PUBG को नकारात्मक बिषयमा धेरै बिषयहरु सार्वजनिक भईरहेको बेला भारतमा एउटा अचम्मको घटना घटेको छ । 

भारतको तेलंगाना राज्यका जगतियाल शहरका २० वर्षीय एक युवकले लगातार ४५ दिनसम्म ‘PUBG’ खेल खेल्दा मृत्युको सिकार बन्नु परेको भारतीय सञ्चार माध्यमहरुले समाचार भाइरल बनाएका छन् । 

युवाहरुको आकर्षक मोबाइल गेमको रुपमा रहेको PUBG खेलको समस्यालाई लिएर विश्वभर विरोध भैरहेको बेला भारतको ठूलो बजारमा यसै समाचारले सनसनी मच्च्याएको छ । नेपालमै पनि बिभिन्न युटुबरदेखि सामाजिक संजालमा PUBG खेलको बिषयमा टिप्पणीहरु हुने गरेका छन् । 


मिडिया रिपोर्ट अनुसार ति २० बर्षीय युवाले ४५ दिनदेखि लगातार ‘PUBG’ गेम खेलिरहेका । लगातार गेम खेलेका उनलाई गर्धन निकै दुख्ने समस्या हुन थाल्यो । त्यसपछि उनलाई हैदराबादको अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा अस्पतालमा नै ती युवकको मृत्यु भएको हो । 

उनको उपचारमा संलग्न चिकित्सकहरुले लगातार ४५ दिनसम्म गेम खेलिरहेकाले उनको गर्धनको नसा चुडिएको बताएका छन् । PUBG गेममाथि प्रतिबन्ध लगाउनुपर्ने भन्दै विद्यार्थीका अभिभावकहरुले भारतमा चर्को माग गरिरहेका छन् ।

पबजी खेलको चर्को विरोधपछि यो अनलाइन गेम निर्माता PUBG कर्पोरेशनले गेम खेल्न चाहानेले दैनिक ६ घण्टामात्र PUBG खेल्न पाउने व्यवस्था गरेको छ । उक्त फिचर अनुसार यो गेम खेल्नेलाई खेलेको ४ घण्टापछि हेल्थ नोटिफिकेसन दिईनेछ भने त्यसको २ घण्टापछि प्लेयरको गेम अटोमेटिक लग आउट हुनेछ । त्यसपछि अर्को दिन मात्र PUBG खेल्न पाइनेछ । 

पानि सम्झिएर एसिड 

PUBG गेमको लतको कारण भारतमा यो मात्रै पहिलो घटना होइन । भारतको मध्येप्रदेशको भोपालमा एक युवकले पबजी गेम खेलको असरले पानी भनेर एसिड पिएका थिए । समयमै ति युवकलाई उनको परिवारले अस्पताल लगेको कारण उनको ज्यान बचेको थियो । युवकको उपचार गरेका डाक्टर मनन गोगियाले भने अनुसार ति २५ बर्षीय युवकले घरको आँगनमा PUBG खेल्दै गर्दा पानी सम्झिएर एसिड पिएका थिए । 

रेलवे ट्रयाकमा बसेर PUBG खेल्दै गरेका दुई युवक मारिए 

यो केहि भारतीय संचार माध्यममा एक साता मात्र अघि आएको समाचार हो । समाचार अनुसार महाराष्ट्रको हिंगोलीमा रेल्वे ट्रयाकमा बसेर PUBG खेल्दै गरेका दुई युवकको मृत्यु भएको थियो । अघिल्लो शनिवार साँझ रेलवे ट्रयाकमा बसेर फोनमा पबजी खेलीरहेका उनीहरुले ट्रेन आएको समेत थाहा पाएनन् । यसै क्रममा उनीहरु दुवै जनालाई ट्रेनले हानेर मारेको थियो । उक्त क्रममा मृत्यु हुनेहरुमा नागेश गोरे (बर्ष २४ का) र स्वप्निल अन्नापूर्णे (बर्ष २२ का) रहेका छन् । 

के हो PUBG ? 

पबजी एक अनलाइन गेम हो । यसमा भाग लिने खेलाडीहरुले आफैलाई जिउँदो राख्नको खेल खेलेर अरुलाई मार्नु पर्ने हुन्छ । हिंश्रक प्रवृत्तिको यो खेलको असर साना बच्चा, किशोर अवस्थादेखि वयस्कसम्मलाई परिरहेको छ । PUBG को पूरा रुप Player Unknown's Battle Grounds हो । यो खेल खेल्न कतिपय युवाहरुले राम्रो मोबाइलको अफर पनि गर्ने गरेका छन् । जति राम्रो मोबाइल भयो त्यतिनै यो गेम खेल्न मज्जा आउने युवाहरुले बताउँछन् । मोबाईलमा करिब २ जिबि र्यामको आवश्यकता हुने यो खेल खेल्नकै लागि आफ्ना बुबा आमासँग झगडा गर्ने देखि पैसा चोर्नेसम्मको नकरात्मक काम भईरहेको बुझिएको छ । यो गेम विश्वमा करिब हरेक दिन २ करोड भन्दा बढी मानिसहरुले खेल्ने गरेको पाइएको छ । 

PUBG खेल दक्षिण कोरियाको ब्लुहोला कम्पनीको सहायक कम्पनी पबजि कर्पोरेसन ले बनाएको हो ।

यो गेममा १ सय जना खेलाडीलाई ब्याटल ग्राउन्डमा लड्न छाडिन्छ । उनिहरु सम्पुर्ण शक्ती लगाएर ब्याटल ग्राउन्डमा लड्छन । यो लडाइमा जो अन्तिम समयसम्म बाँच्छ उ नै यस खेलको बिजेता हुन्छ । विश्व स्वास्थ्य संगठनले समेत PUBG गेम खेल्दा खेल्ने व्यक्तिको मानसिक स्वास्थ्य बिग्रन सक्ने सूचना दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!