छोरीले दुलहासँग विवाह गर्न नमानेपछि आमाले नै बिहे गरिन् !

Posted on: 13 Mar, 2019

फागुन २९, काठमाडौं | भारतको उत्तर प्रदेशस्थित कानपूर जिल्लामा अधबैंसे दुलहालाई देखेपछि दुलहीले आफूमाथि धोका भएको विवाह नै अस्विकार गरिन् ।

भारतीय मिडियाका अनुसार दुलहीले बिवाह अस्वीकार गरेपछि त्यहाँ उपस्थित पाहुना, जन्ती अचम्मित भए । त्यतिबेला आमाले छोरीलाई ठूलो दबाब दिइन् तर उनले मानिनन् ।

रिपोर्टका अनुसार निकै सम्झाएपछि पनि जब छोरी मानिन् तब दुलहीकी आमा नै दुलहासँग आगरा गइन् ।

भारतीय मिडियाका अनुसार १७ वर्षीया दुलहीले यसै वर्ष १२ कक्षाको परीक्षा दिएकी छिन् । ती युवतीकी आमाले आगरामा बस्ने आफ्नी काकीकी नन्दका छोरासँग उनको सम्बन्ध तय गरेकी थिइन् । मार्च १० तारिखको बेलुकी आगराबाट दुलहीको घर पुगे । जब दुहली वरमाला लिएर स्टेजमा पुगिन् तब दुलहालाई देखेर भड्किइन् । ती युवतीले आफूमाथि धोका भएको भन्दै चिच्याउन थालिन् । परिवारले जब के कारणले विवाह गर्न नखोजेको भनेर सोधे तब उनले ‘जस्तो सुकै स्थिती भएपनि म यो बुढासँग विवाह गर्दिनँ’ भन्दै रुन थालिन् । दुलहीले विवाह अघि जुन केटाको तस्बिर देखाइएको थियो त्यो उनी नभएको बताइन् ।

तर भोलिपल्ट बिहान, जे भयो त्यो थप चकित पारिदिने किसिमको थियो । जब छोरीलाई विवाहका लागि मनाउन सकिनन् तब उनले सबैलाई छोडेर आफैं दुलहासँग आगरा गइन् । बेहुलीका अनुसार तीन वर्ष अघि उनको पिताको मृत्यु भएको थियो । उनका एक बहिनी र एक भाइ छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!