जब भारी हिमपातको बीचमा विमान फस्यो !

Posted on: 09 Mar, 2019

काठमाडौं | क्यानडामा खराब मौसम अहिले सर्वसाधारणका लागि टाउको दुखाईको विषय बनेको छ । सडकमा आवत–जावत रोकिएको छ, यस्तै विमान सेवा पनि प्रभावित भएको छ ।

गत मार्च ४ तारिखमा टोरेन्टोबाट ओन्टारियो जाँदै गरेको एउटा विमान भारी हिमपातका कारण अचानक डाइभर्ट गरियो । विमान करिब आठ घण्टासम्म फ्रेडेरिक्टन इलाकामा फस्यो । सीएनएनका अनुसार यस्तो स्थितीमा यात्रीका लागि खानाको कमी भयो । स्थितीलाई बुझेर विमान चालकले यात्रुका लागि कुटपिटबाटै फोन गरेर पिज्जा अर्डर गरेका छन् ।

पाइलटले यात्रीका लागि २३ वटा लार्ज पिज्जा मगाएका थिए । साधारणतया यति ठूलो अर्डरमा धेरै समय लाग्छ । तर रेष्टुरेन्टमा सबै सेफलाई काममा लगाएर डेढ घण्टामा नै अर्डर पुर्र्याए ।

रेष्टुरेन्टकी म्यानेजर जोफी लारिवीले उनले थुप्रै पटक ठूला अर्डर लिएता पनि कुनै अर्डर सिधा विमानभित्रै पुर्याएको यो पहिलो घटना भएको बताइन् । आफूहरु यस्तो अचम्मको अर्डरबारे रातीभरी हाँसेको उनले बताइन् ।


एयर क्यानडाकी प्रवक्ता एन्जेला माहले यस्तो मौकामा विमानका पाइलट र अन्य सदस्यलाई निकै सोचेर काम गरेको भन्दै बधाई दिइन् । उनका अनुसार सबै यात्रीको मिलिजुली प्रयासले यात्रुको ठूलो समस्या सुल्भिएको छ । यद्यपी, उनले पिज्जा अर्डर गर्ने पाइलटको नाम भने सार्वजनिक गरिनन् । रेष्टुरेन्ट म्यानेजर लारिवीले पिज्जा पुर्याएपछि पाइलटले उनलाई फोनमा धन्यवाद दिएको बताइन् ।

यस्तै, विमानमा सवार यात्रीले पनि पाइलटको यस्तो कदमको प्रशंसा गरेका छन् । एक यात्रीले भोकका कारण विमानमा सवार सबैजना तनावमा भएको बताउँदै पाइलटको एउटा कदमले सबैको अनुहारमा मुस्कान ल्याइदिएको बताए । यात्री बिल कस्टर्नले पिज्जासँगैको एउटा फोटो सोसल मिडियामा पनि अपलोड गरेका छन् । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!