रुमालले घाँटीमा बाँधेर ९ सयको हत्या गरि विश्व कीर्तिमान राख्ने ती व्यक्ति !

Posted on: 19 Feb, 2019

काठमाडौं | वर्षौंअघिका एक भारतीय सिरियल किलर, जसले हत्याको विश्व कीर्तिमान नै कायम गरेका थिए ।

ठग बेहराम नामका सिरियल किलरलाई किंग अफ ठगका नामले परिचित थिए । सन् १७९० देखि १८४० को बीचमा निकै कुख्यात रहेको ठगको नाम सुन्दा तत्कालीन अंग्रेजहरु पनि डराउँथे । किनकि, उनको लुट तथा हत्याको तरिका निकै रहस्यमय तथा डरलाग्दो थियो ।


भनिन्थ्यो, बेहराम एकपटक जुन बाटोबाट हिँड्थ्यो, त्यहाँ लासको थुप्रो जम्मा हुन्थ्यो । उनि आफ्नो गिरोहका नाइके थिए । सो गिरोह भेष बदलेर पर्यटक र व्यापारीहरुको बीचमा घुस्ने र मौका मिल्नासाथ मान्छेको हत्या गरी पैसा र सामान लुट्ने गर्दथ्यो ।

एक रिपोर्टअनुसार, बेहरामले आफ्नो जीवनमा ९ सय ३१ जना मानिसको हत्या गरेका थिए । उनले ती हत्याको अपराध पनि स्वीकार समेत गरेका थिए । रोचक त के भने उसले आफूसँग एउटा रुमाल राख्दथ्यो । अनि त्यहीँ रुमालले मान्छेको घाँटीमा बाँधेर ९ सय भन्दा धेरैको हत्या गरेका थिए । उनको त्यो हत्या तथा अपराधका कारण उनको नाम गिनिज बुकमा समेत राख्न सफल भएका थिए ।

सन् १८०९ मा अंग्रेज सासकले बेहरामको गिरोहले गरेका हत्याका सम्बन्धमा पत्ता लगाउन एक टोली गठन गर्यो । सोही टोलीले बेहरामको नेतृत्वमा रहेको २ सय जनाको हत्यारा टोलीले ९ सय भन्दा धेरै मानिसको हत्या गरेको ठहर गरेको थियो ।

अन्ततः त्यसको १० वर्षपछि बेहराम पक्राउ परे । त्यतिबेला उनको उमेर ७५ वर्ष थियो । सन् १८४० मा बेहरामलाई फाँसीको सजायँ दिइएको थियो ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!