२७ बर्षिय व्यक्तिद्वारा आफ्नै आमा-बुबामाथि मुद्धा, भन्छन्- जन्म दिनुअघि मलाई किन सोधिएन ?

Posted on: 07 Feb, 2019

माघ २४, एजेन्सीको सहयोगमा | भारतको मुम्बईमा बस्दै आएका २७ बर्षका यी व्यक्तिले यस्तो गरे कि जसको चर्चा संसारभरीनै भईरहेको छ । यी व्यक्तिले आफ्नो आमा-बुबालाई आफुलाई जन्माएको विरुद्ध मुद्धा हाल्न चाहन्छन | उनलाई रिस छ कि जन्माउनु अघि उनलाई किन सोधिएन ? 

उनको नाम हो , रफेल सेमुअल । उनले आफूलाई जन्माउने आमा-बुबालाई जन्म दिनु अघि नसोधिएको भन्दै आफ्नो परिवारलाई अदालत लाँदैछन् । संचार माध्यमहरुलाई दिएको अन्तर्वार्तामा स्यामुअलले भने कि उनि आफ्नो आमा-बुबासँग निकै मायाँ गर्छन तर उनको आमा-बुबाले उनको अनुमति बिनानै उनलाई जन्म दिएका हुन्, सिर्फ आफ्नै कारणले । उनले भने कि, म यस भारतका सबै बच्चासँग भन्न चाहन्छु कि म आफ्नो परिवारहरुलाई केहि दिन चाहन्न । 'म उनीहरुसँग निकै प्रेम गर्छु र हाम्रो नाता निकै राम्रो छ, तर उनीहरुले मलाई आफ्नो खुशी र सम्मानको लागि आफूसँग राखेका छन् । मेरी जिंदगी निकै राम्रो छ, तर मैले कहिलै यो देखिन कि किन म आफ्नो जीवनमा एक अर्को जीवन जिउने कोशिस गरूँ ? 


राफेल स्यामुअलले एक Nihilanand (निहिलानन्द) नामबाट फेसबुक पेज पनि चलाउँछन र उनि एक यूट्यूब च्यानलमा पनि आफ्नो विचार शेयर गर्छन् । स्यामुअल भन्छन कि सबै युवाहरुलाई थाहा हुनुपर्छ कि कि बच्चा नजन्माउन सबैले आफ्नो आमा-बुबासँग सोध्नुपर्छ कि उनिहरुले आफूलाई यस संसारमा किन ल्याए ? बच्चाहरुले ठूलालाई सम्मान गर्नुपर्छ भन्ने कुरा नितान्त गलत रहेको उनको टिप्पणी छ । 

उनले एउटा भिडियोमा भनेका छन् - मानिसको कामलाई हेरेर सम्मान गर्नुपर्छ । जुन आमा-बुबाले बच्चा जन्माएर त्यसलाई आफ्नो बसमा पारेर जे उनीहरुले चाह्यो त्यसैमा बलजफ्ती गराउने, उनीहरुले डाक्टर बनाउन चाहे जबर्जस्ति त्यहि बनिदिनुपर्ने, त्यहि बिषय पढिदिनुपर्ने कुरा गलत रहेको उनको भनाई छ । उनि भन्छन् आमाबुबालाई आदार गर्ने, मायाँ गर्ने पनि कारण चाहिन्छ, यदी आफ्नो आमा बुबाले आफुलाई स्वतन्त्र छाडिएका छन्, जे बच्चाले चाहेको त्यसलाई निस्वार्थ पुरा गरिदिएका छन् भने मात्र त्यस्ता आमा-बुबालाई सम्मान गर्न सकिन्छ । जसले तिमीलाई स्वतन्त्रता दिएको छ, जसले तिम्रो काममा सपोर्ट गरेको छ, जुन अभिवावले तिमीलाई संधै आफ्नो फुर्सदको समयमा ध्यान दिएको छ, त्यस्ता अभिवावकलाई मात्र सम्मान गर्न सकिने उनको सुझाव छ  । 


बच्चा जन्माएर बच्चाले चाहेको स्वतन्त्र भविष्य नदिने वा बाबु-आमाकै चाहना अनुसार चल्नुपर्ने बाध्यता पनि रहने हुँदा त्यस्ता खराव आमाबुबा प्रति उनि लक्षित भएका हुन सक्छन । उनको परिवारमा  पनि यस्तै खालको बिषय लुकेर रहेको हुनसक्ने मानिसहरुको टिप्पणी छ । कतिपयले भने उनको मानसिक सन्तुलन गुमेको भन्दै टिप्पणी गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!