यस्तो कम्पनी जहाँ सुतेको पनि तलब पाइन्छ !

Posted on: 24 Jan, 2019

जापानको एक कम्पनीले आफ्नो कम्पनीमा काम गर्ने सबै कर्मचारीलाई पूरा निन्द्रा सुत्नका लागि पैसा दिने गर्दछ । क्रेजी इंक नामक उक्त कम्पनीले आफ्ना सबै कर्मचारीका लागि पूरा निद्रा सुत्नका लागि समेत पैसा दिने गरेको हो ।

कर्मचारीले सबै कर्मचारीलाई नम्बर दिन्छ । सोही नम्बर अनुसार जो कर्मचारी हप्तामा पाँच दिन हरेक रात कम्तीमा ६ घण्टा सुत्दछन् उनीहरुले हरेक वर्ष ६४ हजार येन अतिरिक्त रकमको रुपमा पाउँदछन् । जापानमा मानिसहरु अत्यधिक मात्रामा काम गर्ने र आरामका लागि पर्याप्त समय नछुट्टाउने कारणले गर्दा धेरै मानिसको स्वास्थ्यमा समस्या देखिने गरेको छ । सोही परिस्थितिलाई मध्यनजर गर्दै उक्त कम्पनीले त्यस्तो नियम बनाएको हो, ता कि कर्मचारीहरु पर्याप्त मात्रामा सुत्न नपाएका कारण बिरामी नहोउन् ।

कोही पनि कर्मचारीले यथेष्ट समय नसुतिकनै पर्याप्त सुतेको भनेर नढाँटुन् भन्नका लागि कम्पनीले एयरवेय नामक एप पनि तयार गरेको छ । जसले कर्मचारीको हरेक दिनको निद्राको मापन गर्दछ । एजेन्सीबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!