अण्डाको फोटो: जसले राख्यो इन्स्टाग्राममा वल्ड रेकर्ड

Posted on: 24 Jan, 2019

काठमाडौं | वर्ल्ड रेकर्ड नामको इन्स्टाग्राम पेजमा एउटा अण्डाको फोटोमा २.५ करोडबढी लाइक पाइसकेको छ । हलिउड नायिका एवं सर्वाधिक धनी सेलिब्रिटीमध्ये एक काइली जेनरलाई सोसल मिडियामा एउटा अण्डाले पछि पारेको छ।

गत वर्ष काइलीको तर्फबाट पोष्ट गरिएको उनको छोरीको फोटोले १.८० करोड लाइक पाएको थियो जसले विश्व रेकर्ड राखेको थियो ।

यो अण्डाको फोटो पोष्ट गर्दै अकाउन्टधारीले बजफीड, डेलीमेल, सिएनएन, प्यूटाईपाई, द सन, द एलन शोजस्ता ठूल्ठूला वेबसाइटलाई ट्याग गरेका थिए । यो फोटो पोष्ट गर्दै काइलीलाई चुनौती दिइएको थियो । अकाउन्टधारीले यसलाई पोष्ट गर्दै लेखेका थिए, ‘नयाँ विश्व रेकर्ड बनाऔं र यसलाई इन्स्टाग्रामको सबैभन्दा धेरै लाइक पाउने फोटो बनाऔं । अहिलेको विश्व रेकर्ड जुन काइली जेनरको नाममा छ, त्यसलाई तोडेर देखाऔं ।’एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!