यस्तो ठाउँ जहाँ महिलाको योनीलाई पूजा गरिन्छ !

Posted on: 24 Jan, 2019

भारतको पूर्वोत्तरमा पर्छ असम राज्य । यो राज्यको गुहाटी शहर नजिकै एउटा मन्दिर छ । यो मन्दिरको नाम ‘’ हो ।

'माँ कामाख्या' नामको यो शक्तिपीठ भारतमा पाइने ५२ वटा शक्तिपीठमध्ये प्रशिद्ध मानिन्छ । यो मन्दिरमा देवी माताको कुनै पनि मूर्ति छैन । पौराणिक कथाअनुसार यो शक्तिपीठमा देवीमाताको योनी खसेको थियो । योनीलाई नै प्रतिकका रुपमा मानेर पूजा हुने गरेको छ ।

यो मन्दिरमा जसको पनि इच्छा पूरा हुन्छ । सोही कारण यो मन्दिरको नाम कामाख्या मन्दिर राखिएको हो ।

मन्दिरको तीन भाग छ । पहिलो भाग सबैभन्दा ठूलो छ । यो ठाउँमा सबैलाई प्रवेशको अनुमति छैन । दोस्रो ठाउँमा माताको दर्शनको व्यवस्था मिलाइएको छ । त्यहाँ कुनै मूर्ति छैन ।

तर, एउटा ढुंगा छ । त्यो ढुंगाबाट पानी बगिरहन्छ । यो ढुंगाबाट महिनामा एक पटक रगतको धारा पनि आउने गर्छ । यो किन हुन्छ आजसम्म कसैलाई थाहा छैन ।

(एजेन्सी)

यस बिषयमा तपाइको प्रतिक्रिया...!