उडिरहेको विमानभित्रै यात्रुहरुबिच मुक्का हानाहान भएपछि...

Posted on: 22 Jan, 2019

माघ ८, काठमाडौं | अष्ट्रेलियाका रिको डेभिड आफ्नो विवाहको उत्सव मनाउनको लागि सिङ्गापुर जाँदै थिए । तर आफ्नै हर्कतका कारण उनी सिङ्गापुर जान नपाएर सिड्नी फिर्ता हुन पुगे ।

गोल्डकोस्टबाट सिङ्गापुरको लागि उडेको ‘स्कूट फ्लाइट टीआर ७’ नामको प्लेनमा उनीसँगै अन्य सयौँ यात्रुहरु थिए । रिको एकाएक उत्तेजित भएर प्लेनमा बसेका यात्रुहरुसँग झगडा गर्न थाले । उनले अन्य यात्रुहरुमाथि मुक्कासमेत प्रहार गरे । जहाजभित्र हुलदंगा मच्चियो । त्यहाँ बसेका अन्य यात्रुहरुले उनलाई नियन्त्रण गर्न खोजेका थिए । 


त्यति गर्दा पनि उनलाई नियन्त्रण गर्न मस्किल हुन थालेपछि बाध्य भएर पाइलटले प्लेनलाई सिड्नीमा इमर्जेन्सी ल्याण्डिङ गर्नुपरेको थियो ।

प्लेनमा बसेको केही समयपछि उनी यात्रुहरुसँग भड्किन थालेका थिए । यसक्रममा उनले लगाएका कपडासमेत च्यातिएका थिए, तर पनि उनी नियन्त्रणमा आउन सकेका थिएनन् । 

उनी यतिसम्म आक्राेशित भएका थिए कि, जहाजभित्रका अरु यात्रुहरुले नियन्त्रण गर्न लाग्दा पनि सकेका थिएनन् । छुट्याउन खोज्नेहरुलाई पनि चोटपटक लागेको थियो । 

प्लेनलाई सिड्नीमा अवतरण गराएपछि उनलाई त्यहाँका प्रहरीको जिम्मामा लगाइएको थियो । त्यसपछि उनलाई मेडिकल जाँचको लागि सिड्नीको सेन्ट जर्ज अस्पताल लगिएको छ । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!