खेलकुद |


प्रधानमन्त्री कप: एपीएफले बागमतीलाई जितका लागि दियो २४२ रनको लक्ष्य

Posted on January 14, 2024 | views : 255 |

पुस २९, काठमाडौँ | प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशलाई जितका लागि दुई सय ४२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट

Read More

प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशले सजिलै हरायो कोशी प्रदेशलाई

Posted on January 13, 2024 | views : 273 |

पुस २८, काठमाडौँ | आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ ।  शनिबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा कोशी प्रदेशले दिएको १२८ रनको लक्ष्य पछाएको मधेश प्रदेशले २०.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको

Read More

यू-१९ विश्वकप अघि आज नेपाल स्कटल्याण्डविरुद्ध खेल खेल्दै

Posted on January 13, 2024 | views : 294 |

पुस २८, काठमाडौं | नेपालको यू-१९ विश्वकप क्रिकेट टिम दक्षिण अफ्रिकामा विश्वकप अगाडिको अभ्यासमा व्यस्त छ। नेपालको यू-१९ टिमले आजदेखि औपचारिक ‘वाम अप’ म्याच खेल्दैछ। विश्वकप तयारी र अभ्यास खेलका लागि केही समय अगाडि नै नेपाली टिम दक्षिण अफ्रिका पुगेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले व्यवस

Read More

पाकिस्तानविरुद्ध न्युजिल्याण्ड ४६ रनले विजयी

Posted on January 12, 2024 | views : 174 |

पुस २७, काठमाडौं | न्युजिल्याण्डले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ । शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ४६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । न्यूजील्याण्डले दिएको २२७ रनको लक्ष्य पछाएको पाकिस्तानले १८ ओभरमा १८० रन बनाएर अलआउट भएको थियो ।

Read More

विराट कोहलीले अफगानिस्तानविरुद्धको टी–२० शृंखलाको पहिलो खेल नखेल्ने

Posted on January 12, 2024 | views : 242 |

पुस २७, काठमाडौं | भारतीय टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले निकट भविष्यमा हुने अफगानिस्तानविरुद्धको टी–२० शृंखलाअन्तर्गतको पहिलो खेल नखेल्ने भएका छन् । भारतीय टोलीका प्रमुख प्रशिक्षक राहुल द्रबिडले पनि यसको पुष्टि गरेका छन् । द्रबिडका अनुसार, व्यक्तिगत कारणले कोहली पहिलो टी–२० बाट बाहिरिए

Read More

नामिबिया विरुद्ध नेपालको ६ रनको सानदार जित

Posted on January 12, 2024 | views : 260 |

पुस २७, काठमाडौं | आईसीसी यू-१९ विश्वकप क्रिकेटको तयारीमा रहेको नेपाली युवा टोलीले दोस्रो अभ्यास खेलमा बिहीबार राति नामिबियामाथि ६ रनको सानदार जित निकालेको छ । वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको नामिबया २९.५ ओभरमा १३५ रनमै अलआउट भयो । नामिबियाका लागि कप्तान

Read More

क्रिकेट कप्तान रोहितले छोडे आर्मी क्लब

Posted on January 11, 2024 | views : 422 |

पुस २६, काठमाडौँ | नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले त्रिभुवन आर्मी क्लब छाड्ने भएका छन् । पौडेलले क्लबमा करार नवीकरण नगर्ने निर्णय सुनाएको नेपाली सेना स्रोतले जानकारी दियो । ‘उहाँले अब आर्मीबाट नखेल्ने जानकारी गराउनु भएको छ । करारमा भएका खेलाडीले भएकाले उहाँको यो व्यक्तिगत निर्णय

Read More

क्यानले सन्दीप लामिछानेलाई गर्‍यो निलम्बन

Posted on January 11, 2024 | views : 584 |

पुस २६, काठमाडौँ | सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो । बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजाय हुने निर्णय बुधबार सुना

Read More

गुल्शनको शतकमा स्कटल्याण्डमाथि नेपालको फराकिलो जित

Posted on January 09, 2024 | views : 435 |

पुस २४, काठमाडौँ | आईसीसी यू–१९ विश्वकप क्रिकेट खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अनौपचारिक वार्मअप खेलमा स्कटल्याण्डलाई पराजित गरेको छ । सोमबार राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई १३५ रनको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले दिएको २८५ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड ४३.२ ओभरमा

Read More

एमबाप्पेको ह्याट्रिकमा फ्रेन्च कपमा पीएसजीले निकाल्यो ९–० को जित

Posted on January 08, 2024 | views : 319 |

पुस २३, काठमाडौँ | पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा सानदार जित निकालेको छ। पीएसजीले छैटौं तहको क्लब रेभिलमाथि ९–० को जित निकालेको हो। पीएसजीलाई जिताउने क्रममा केलियन एमबाप्पेले ह्याट्रिक गरे। एमबाप्पेले १६, ४५ र ४८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। त्यसैगरी कोलो मुनईले २, एसेन्

Read More

सन्दीपबारे २५ पुसको फैसलापछि मात्र बोल्छौं : पारस खड्का

Posted on January 04, 2024 | views : 482 |

पुस १८, काठमाडौँ | नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेबारे २५ पुसपछि मात्र धारणा सार्वजनिक गर्ने भएको छ । बलात्कारको मुद्दामा दोषी ठहर भएका लामिछानेको सजाय तोक्न २५ पुसमा पेशी तोकिएको छ । क्यानका सचिव पारस खड्काले सन्दीपबारे त्यसपछि मात्र क्यानले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका हुन् । उनका

Read More

नेपाली क्रिकेटको ‘ए’ टीम बनाउने क्यानको घोषणा

Posted on January 04, 2024 | views : 504 |

पुस १८, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आधिकारिक ‘ए’टीम घोषणा गर्ने भएको छ । आज आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्काले सो जानकारी दिए । खड्काका अनुसार आगामी प्रधानमन्त्री कपलगत्तै ए टीमको घोषणा गरिनेछ । राष्ट्रिय टीमको ब्याक टु ब्याक धेरै म्याच भएकाले ए टीम एकदमै जरुरी भएको उ

Read More

ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

Posted on January 03, 2024 | views : 368 |

पुस १८, काठमाडौँ | ब्याटर ज्योति पाण्डेले घरेलु तथा राष्ट्रिय टिमबाट सन्यास लिएकी छिन् । प्रधानमन्त्री कप महिला टी–२० कपको फाइनलमा कोशी प्रदेशमाथि ११ रनको जित हात पार्दै सशस्त्र प्रहरी क्लबलाई च्याम्पियन भएपछि ज्योतीले क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन् । उनले सन् २०१६ मा नेपालको लागि अन्तर्राष्ट

Read More

ओडीआई क्रिकेटबाट पनि सन्यास लिने डेविड वार्नरको घोषणा

Posted on January 01, 2024 | views : 297 |

 पुस १६, काठमाडौँ | अष्ट्रेलियन ब्याटर डेविड वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गरेका छन् । आफ्नो अन्तिम टेष्ट म्याच खेलिरहेका वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गर्दै टी-२० क्रिकेट लिगमा केन्द्रित हुने जनाएका छन् । ‘म ओडीआई क्रिकेटबाट पनि सन्यास लिंदैछु,’ वार्नरले सिड्नी क्रिके

Read More

जब विजेताको टुंगो लगाउन ३४ पटक पेनाल्टी हानियो…

Posted on December 26, 2023 | views : 400 |

एजेन्सी | इजिप्टियन सुपर कप फुटबल प्रतियोगिताअन्तर्गत एक खेलमा विजेता टुंगो लगाउन ३४ पटक पेनाल्टी प्रहार गरिएको छ । इजिप्टियन सुपर कपअन्तर्गत मोडर्न फ्यूचर र पिरामिड्स १४१३ क्लबबीचको सेमिफाइनल विजेता टुंगो लगाउन ३४ पटक पेनाल्टी प्रहार गरिएको रोयटर्सले जनाएको छ । अबुधावीको मोहम्मद बिन जायद स्टेड

Read More

मुजिब उर रहमानसहित तीन क्रिकेटरलाई अफगानिस्तानले गर्‍याे व्यवसायिक क्रिकेट खेल्न कडाइ

Posted on December 26, 2023 | views : 358 |

पुस १०, काठमाडौँ | अफगानिस्तान क्रिकेट बोर्डले मुजिब उर रहमानसहित तीन क्रिकेटरलाई आगामी दुई वर्षका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिने निर्णय गरेको छ । फजाल हक फारुकी र नवीन उल हकमाथि पनि कडाइ गरिएको हो । राष्ट्रिय टोलीलाई कम महत्व दिएर व्यवसायिक क्रिकेटमा ध्यान दिएको उनीहरुमाथि आरोप लागेको छ

Read More

लियोनल मेस्सीले इन्टर मियामीको सात खेल गुमाउने

Posted on December 26, 2023 | views : 413 |

पुस १०, काठमाडौँ | अमेरिकी क्लब इन्टर मियामीमा स्टार अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले नयाँ सिजनको मेजर लिग सकर (एमएलएस) मा सातवटा खेल गुमाउने भएका छन् । एमएलएसको नयाँ सिजन आगामी फेब्रुअरीको तेस्रो सातादेखि सुरु हुँदैछ । नयाँ सिजनको एमएलएसमा इन्टर मियामीले आफ्नो पहिलो खेल फेब्रुअरी २१ तारिखमा रे

Read More

खेलका क्रममा पाखुरामा ‘कालो पट्टी’ बाँधेपछि अस्ट्रेलियन क्रिकेटरलाई आईसीसीको चेतावनी

Posted on December 22, 2023 | views : 378 |

पुस ६, काठमाडौँ | अस्ट्रेलियन क्रिकेटर उसमान ख्वाजा खेलका क्रममा पाखुरामा कालो पट्टी बाँधेपछि विवादमा परेका छन् । उनलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले चेतावनी पनि दिएको छ । ३७ वर्षीय ख्वाजा पाकिस्तानविरुद्धको पहिलो टेस्टका क्रममा पाखुरामा कालो पट्टी बाँधेर मैदानमा ओर्लिएका थिए । गाजाम

Read More

नेपालका ब्याट्सम्यान आसिफ र रोहित आईसीसी वरीयतामा हार्दिक पाण्डेयाभन्दा अगाडि

Posted on December 20, 2023 | views : 633 |

पुष ४, काठमाडौँ | आईसीसीको पछिल्लो वरीयतामा एकदिवसीय ब्याट्सम्यानतर्फ नेपालका दुई खेलाडी भारतका दुई चर्चित ब्याट्सम्यान हार्दिक पाण्डेया र शिखर धवनभन्दा अगाडि छन् । आईसीसीको पछिल्लो एकदिवसीय ब्याट्सम्यानहरुको वरीयतामा नेपालका आसिफ शेख ७२ औँ र रोहितकुमार पौडेल ७९ औँ स्थानमा छन् । उक्त वरीयतामा भारतका

Read More

शुभमन गिललाई पछि पार्दै बाबर आजम एकदिवसीय वरीयताकाे शीर्ष स्थानमा उक्लिए

Posted on December 20, 2023 | views : 468 |

पुष ४, काठमाडौँ | पाकिस्तानका पूर्वकप्तान बाबर आजम आईसीसी एकदिवसीय वरीयताकाे शीर्ष स्थानमा उक्लिएका छन् । आईसीसीकाे पछिल्लाे वरीयतामा भारतका ओपनर ब्याटर शुभमन गिललाई पछि पार्दै बाबर एकदिवसीय क्रिकेटकाे ब्याटरमा पहिलाे नम्बरमा पुगेका हुन् । यसअघि २ वर्षभन्दा बढी समयसम्म शीर्ष स्थानमा रहेका बाबरकाे वर

Read More

घुँडाको समस्याका कारण नेमारले कोपा अमेरिका खेल्न नसक्ने

Posted on December 20, 2023 | views : 416 |

पुष ४, काठमाडौँ | ब्राजिलियन स्टार नेमारले कोपा अमेरिका फुटबल प्रतियोगिताको आगामी संस्करण खेल्न नसक्ने भएका छन् । कोपा अमेरिकाको आगामी संस्करण जुन २० देखि जुलाई १४ सम्म अमेरिकामा आयोजना हुँदैछ । ३१ वर्षीय स्ट्राइकर नेमार घुँडाको समस्याबाट पिडीत छन् । सोही कारण नेमारले कोपा अमेरिका खेल्न नसक्ने उनको

Read More

आईपीएल-२०२४: यी ६ खेलाडी जो १० करोड बढीमा बिके

Posted on December 20, 2023 | views : 341 |

पुष ४, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को अक्सन पूरा भएको छ।  यो पटकको अक्सनमा विश्वकप विजेता अष्ट्रेलियाका खेलाडीहरुको बोलवाला रह्यो। विश्वकप विजेता टोलीको सदस्य अनि कठिन अवस्थामा पनि खेललाई फर्काउन सक्ने खुबीका कारण आईपीएलमाउनीहरु महँगो मूल्यमा बिके। उनीहरुलाई किन्न आईपीएलका टोल

Read More

फिदिम नगर कपको पाँचौँ संस्करण पौष १३ बाट

Posted on December 20, 2023 | views : 190 |

कमल घिमिरे । पौष ४ । पाँचथर,पाँचथरको फिदिम नगरपालिका ७ मा हुने फिदिम नगर कपको पाँचौँ संस्करण पौष १३ बाट हुने भएको छ ।  स्वतन्त्र क्लवको आयोजनामा रानिटार स्थित बराजु खेल मैदानमा पाँचौँ फिदिम नगर कपको आयोजना गर्न लागिएको फिदिममा पत्रकार सम्मेलन गर्दै आयोजक स्वतन्त्र क्लवले जानकारी दिएको छ । आमन्त

Read More

यू-१९ एसिया कप: उपाधि जित्न यूएईलाई २८३ रनको विशाल लक्ष्य,आशिकुरको शानदार शतक

Posted on December 17, 2023 | views : 388 |

पुस १, काठमाडौँ | ओपनर आशिकुर रहमान शिबलीको शानदार शतकको मद्दतमा यूएईमा जारी एसीसी यू-१९ एसिया कपको उपाधिका लागि बंगलादेशले आयोजक यूएईलाई २८३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । दुबईस्थित ओभल १ मैदानमा टस हारेर सुनुवातमा ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८२ रनको उत्क

Read More