कोरोनाभाइरस :फुटबलर क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा राखिए

Posted on: 12 Mar, 2020

फागुन २९, काठमाडौं | कोरोनाभाइरसका कारण स्टार फुटबलर युभेन्ट्सबाट खेल्ने पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा राखिएका छन् | इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानिए रुगानीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि रोनाल्डो पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा राखिएका हुन् |

उनी आफ्नी आमालाई  भेट्न पोर्चुगल पुगेका थिए | उत्तरी इटाली जाने तयारीमा रहेका रोनाल्डो रुगानीलाई कोरोना संक्रमणको जानकारी पाएपछि आफ्नै घरमा रहेका छन | गत साता इन्टर मिलानविरुद्धको खेलमा युभेन्ट्सले २-० को जित हात पारेपछि टिम फोटोमा रोनाल्डो र रुगानी पनि थिए |

मिरालेम पिजानिकले रोनाल्डो र रुगानी संगै भएको सामाजिक संजालमा पोष्ट गरेका थिए | रुगानीसंग भेट गरेका दुवै टिमका खेलाडीहरु अब क्वारेन्टाइनमा बस्ने भएका हुन् | कोरोना भाइरसको कारण इटलीमा अप्रिल ३ सम्मको लागि सम्पूर्ण खेल स्थगित गरिएको छ |

युभेन्ट्सले अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब लियोनसंग खेल्ने तालिका  रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!