नेपाल हङकङसँग ४३ रनले पराजित

Posted on: 01 Mar, 2020

फागुन १८, काठमाडौँ | एसिसी टी-२० पूर्व क्षेत्र क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग ४३ रनले पराजित भएको छ | यो संगै नेपालको लगातार तेश्रो हार हो | आइतबार भएको खेलमा हङकङसले नेपाललाई ४३ रनले पराजित गरेको हो |

यसअघि मलेसियासंग भएको खेलमा नेपाल २२ रनले पराजित भएको थियो | थाइल्यान्डमा भइरहेको प्रतियोगितामा आइतबार हङकङले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा १११ रनमा अलआउट भयो |

हङकङसँग हारसँगै शीर्ष दुईमा रहेर एसिया कप छनोट खेल्ने नेपालको लक्ष्य कठिन मोडमा पुगेको हो | नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सबैभन्दा बढी ४६ रन बनाए | उनले ४३ बलमा ४ चौका र १ छक्का प्रहार गरे | उनीसँग ओपनिङ गरेका कुशल मल्लले १४ बलमा १४ रन जोड्न सफल भए |

त्यस्तै पारस खड्का ४ रन, दीपेन्द्रसिंह ऐरी ५ रन, पवन सर्राफ १ रन, विनोद भण्डारी ५ रन, आरिफ शेख १० रन, करण केसी ७ रन र सन्दीप लामिछाने ० मा आउट भए | अभिनास बोहाराले आउट हुनुअघि १२ रन जोडे | 

प्रतियोगितामा नेपाल, मलेसिया, हङकङ, थाइल्यान्ड र सिंगापुरबीच प्रतिस्पर्धा भइरहेको छ | प्रतियोगिताका शीर्ष २ टिम एसिया कप छनोटमा पुग्नेछन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!