हाजिरजवाफ र लठ्ठो तान्ने प्रतियोगिता

Posted on: 20 Feb, 2020


पर्वत । शिवालय बहुमुखी क्याम्पसले आफ्नो वार्षिकोत्सवको अवसरमा हाजिरजवाफ  र लठ्ठो तान्ने प्रतियोगिता सम्पन्न गरेको छ । नवौ वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई अतिरिक्त शैक्षिक क्रियाकलापमा सहभागी गराउने उदेश्यले उक्त प्रतियोगिता गरिएको हो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद नेवार, संचालक समिति सदस्य तोयानाथ चालिसे, शंकर गिरी, क्याम्पस प्रमुख कमलनाथ आचार्य, शिक्षक लेखनाथ उपाध्यायले विद्यार्थीहरुको क्षमताको प्रस्तफुटनको लागि शैक्षिक क्रियाकलापको आयोजना गरिएको बताए ।

हाजिरजवाफ प्रतियोगितामा मनोहरी शर्मा , विपना सापकोटा, प्रतिभा पौडेलको समुह प्रथम,  विशाल शर्मा, समुन्द्र गिरी र साजन शाही ठकुरीको समुह द्धितिय र प्रेम परियार, विनोद परियार र कल्पना तिवारीको समुह तृतीय भएको थियो ।

त्यस्तै लठ्ठो तान्ने प्रतियोगितामा  शान्ति, सन्जु, विनिता, सुमित्रा, विमला, सम्झना, सपना, पुष्पा, ऐलिना, देविका र सर्मिलाको समुह विजयी भएको क्याम्पसले जनाएको छ । विजेतालाई भोलि हुने औपचारिक कार्यक्रममा पुरस्कार वितरण गरिने क्याम्पसले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!