सन्दीपले लिए ६ विकेट,अमेरिका ३५ रनमा अलआउट

Posted on: 12 Feb, 2020

माघ २९, काठमाडौं | आईसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिका ३५ रनमा अलआउट भएको छ | किर्तिपुर स्थित त्रिवि मैदानमा जारी खेलमा सन्दिप लामिछानेले बिष्फोटक बलिंग गरेका छन् |

टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि ३६ रनको लक्ष्य दिएको छ | नेपाली स्पिनर चम्किएपछि अमेरिका १२ ओभरमा ३५ रन जोड्दा अलआउट भयो | एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट यो सर्वाधिक कम स्कोरको बराबर हो |

सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिएका हुन् | यस्तै सुशन भारीले ३ ओभरमा एक मेडनसहित ५ रन खर्चिएर ४ विकेट लिए | यस अघि सन् २००४ मा जिम्बावेले श्रीलंकाविरुद्ध ३५ रन बनाएर सर्वाधिक कम स्कोर बनाउने कीर्तिमान बनाएको थियो | अमेरिकाका लागि जाभियर मार्सलले सर्वाधिक १६ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!