ओमानसँग नेपाल पराजित

Posted on: 09 Feb, 2020

माघ २६, काठमाडौं | आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल ओमानसंग पराजित भएको छ | कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल  ८ विकेटले पराजित भएको हो |

नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले ४७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर १६ बल बाँकी रहदै पुरा गर्यो | ओमानको जितमा अकिब इलासले अविजित रहदै १ सय ८ बलमा १२ चौका र १ छक्का प्रहार  गरेर १०२ बलमा शतक प्रहार गरेका थिए |

अकिबको यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो | यस्तै कप्तान जिशन मक्सुदले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै खवर अलीले ४१ रन जोड्दा जितेन्दर सिंहले २३ रन बनाए | नेपालका सुशन भारी र कुशल मल्लले १/१ विकेट लिए  यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!