ओडिआईमा कप्तान ज्ञानेन्द्रको दोश्रो अर्धसतक

Posted on: 09 Feb, 2020

माघ २६, काठमाडौँ | आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाली टिमका कप्तान  ज्ञानेन्द्र मल्लले अर्धसतक प्रहार गरेका छन | 

घरेलु मैदान किर्तिपुर स्थित त्रिवी  क्रिकेट मैदानमा जारी खेलमा ७० बल खेलेका मल्लले एक छक्का र छ चौका हान्दै ५३ रन बनाएका हुन् |

ओडिआईमा मल्लको यो दोस्रो अर्धसतक हो | नेपालले २६ औं ओभरको खेल चलिरहँदा तीन विकेटको क्षतिमा १ सय २३ रन बनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!