पोखरा प्रिमियर लिगको च्याम्पियन चितवन

Posted on: 28 Dec, 2019

पुस १२, काठमाडौँ | शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा बिराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवन राइनोजले  उपाधि हात पारेको छ | २०३ रनको लक्ष्य पछ्याएको बिराटनगरको निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र जोड्न सक्यो |


यस अघि टस हारेर ब्याटिंग गरेको चितवनका लागि अनिल कुमार साह र रोहन मुस्ताफाले अर्धशतक प्रहार गरे | ओपनर सुनिल धमला चार रनमा र लोकेश बम एक रनमा आउट भए | तर मोहम्मद दैज आलमले नुमान खानसँग मिलेर पारी सम्हाल्ने प्रयास गरे | तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गरेका खान १८ रनमा आउट भए | कप्तान प्रदीप ऐरीले पनि आक्रमक पारी खेल्दै ४१ रनको साझेदारी गरे  |

कप्तान ऐरीसँग ४७ रनको साझेदारी गरेका मेहरा १८ औं ओभरका पाँचौं बलमा आउट भएपछि भने चितवनको जित औपचारिक मात्र बाँकी रहृयो | मेहरा ३२ र ऐरी ३६ रनमा आउट भए 

यस बिषयमा तपाइको प्रतिक्रिया...!