पिपिएलमा ज्ञानेन्द्र मल्लद्वारा शतक प्रहार

Posted on: 18 Dec, 2019

पुस २, काठमाडौँ | पोखरा प्रिमियर लिग (पिपिएल) मा ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् | बुधबार पोखरा रंगशालामा धनगढी ब्लुजविरुद्धको खेलमा काठमाडौं गोल्डेन्स वारियर्सका कप्तान ज्ञानेन्द्र मल्लले ३७ बलमै शतक प्रहार गरेका हुन् |


मल्लले ३७ बलमा ८ चौका र ९ छक्का प्रहार गरेका हुन् | राष्ट्रिय क्रिकेट टिमका समेत कप्तान रहेका ज्ञानेन्द्रले १५ दिन भित्रमा दोस्रो शतक प्रहार गरेका छन् | यसअघि उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध शतक प्रहार गरेका थिए |

उनी पिपिएलमा शतक हान्ने पहिलो खेलाडी समेत बनाएका छन | पोखरा रंगशालामा भएको खेलमा ज्ञानेन्द्रको शतकसँगै पहिले ब्याटिङ गरेको काठमाडौंले १७ ओभरमा ५ विकेटको क्षतिमा १८५ रन जोडेको छ |

त्यस्तै काठमाडौंका लागि जयकिशन कोल्सावालाले ३७ बलमा ४६ रन र अमित श्रेष्ठले २१ बलमा ३४ रन जोडेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!