प्रधानमन्त्रीको घोषणा : सागमा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ९ लाख दिइने

Posted on: 11 Dec, 2019

मंसिर २५, काठमाडौँ | नेपालमा सम्पन्न भएको १३ औ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने नेपाली खेलाडीलाई जनही ९ लाख रुपैयाँ प्रदान गरिने भएको छ | प्रोत्साहन स्वरूप रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख प्रदान गरिने भएको हो |


प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई आज बालुवाटार बोलाई सो रकम उपलब्ध गराउने घोषणा गरेका हुन् | मंगलबार सम्पन्न सागमा आयोजक समेत रहेको नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक जितेको छ |


अंक तालिकामा भारत प्रथम स्थानमा छ भने नेपाल दोश्रो स्थान बनाउन सफल भएको छ | त्यस्तै खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि, २०७२ मा सागका स्वर्ण विजेतालाई ५ लाख रुपैयाँ,रजतलाई ३ लाख र कास्य विजेतालाई २ लाख दिने उलेख छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!