आज नेपाल र कुवेतबीच फुटबल प्रतिष्पर्धा, नेपालको पहिलो टिम ११ मा को-को छन् ?

Posted on: 19 Nov, 2019

मङ्सिर ३, काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत आज नेपालले बलियो प्रतिद्वन्दी कुवेतसँग प्रतिष्पर्धा गर्दैछ । आज भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला हुने खेल नेपाली समय अनुसार पौने ५ बजे सुरु हुनेछ ।

नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि खेल न्युट्रल भेन्युको रुपमा भुटानमा सारिएको हो । कुवेतसँग पहिलो लेगमा ब्यहोरेको फराकिलो हारको बदला लिने अवसर नेपाललाई छ । यस अघि कुवेतसँगको अवे खेलमा नेपालले ७–० को हार व्यहोरेको थियो । 

छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ। कुवेत ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । 

टिम ११ मा को-को छन् ? 

गोलकिपर: Kiran Chemjong 

डिफेन्स: Ajit Bhandari, Ananta Tamang, Devendra Tamang, Rajin Dhimal

मिड फिल्डर: Bikram Lama, Tej Tamang, Sujal Shrestha, Ravi Paswan, Rohit Chand 

फरवार्ड:  Abhisek Rijal 

यस बिषयमा तपाइको प्रतिक्रिया...!