जिल्लामै पहिलो व्याटमिन्टल हल निर्माण

Posted on: 18 Nov, 2019


पर्वत । पर्वत मोदीकाली व्याटमिन्टन संघले जिल्लामै पहिलो पटक व्यवस्थीत व्याटमिन्टन कवर्ड हल निर्माण गरेको छ । व्याटमिन्टनको लागि कवर्ड हल नहुँदा पार्टी प्यालेसमा खेल्ने गरेका खेलाडीहरु भने जिल्लामै नमूना र व्यवस्थित व्याटमिन्टन हल निर्माण भए पछि खुसि भएका छन् ।

कवर्ड हलको प्रतिनिधिसभाका सदस्य एवं पर्वतका सांसद पदम गिरीले उद्घाटन गरेका छन् । उनले जिल्लामा नै व्यवस्थीत कवर्ड हल निर्माण भएकोमा खुसि व्यक्त गरे । जिल्लाको खेलकुद विकासलाई अगाडि बढाउनको लागि आफूले सक्दो सहयोग र पहले गर्ने पनि उनले बताए ।

झण्डै ५० लाख लागतमा बनेको कवर्ड हलमा २ वटा कोट रहेका छन् । जिल्लामा खेलकुद मैदानको अभावका कारण खेलकुद क्षेत्रको विकास हुन सकेको छैन । भएको खेल मैदानमा पनि शसस्त्र प्रहरीको गण रहेका कारण जिल्लाले खेलाडी उत्पादन गर्न सकेको छैन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!