नेपालले दियो बंगलादेशलाई १३९ रनको लक्ष्य

Posted on: 18 Nov, 2019

मंसिर २,काठमाडौं | एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई १३९ रनको लक्ष्य दिएको छ | टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३८ रन बनाएको हो |

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३८ रनको योगदान गरेका थिए । त्यस्तै करण केसीले १८ रन जोड्दा आरिफ शेखले ११ रन बनाउँनु बाहेक अन्य ब्याट्म्यानले दोहोरो रन जोड्न सकेनन् | समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको हो |

नेपाललाई अघिल्लो चरण प्रवेशको लागि बंगलादेशविरुद्व जित निकाल्नै पर्ने दबाब छ । ढाकामा बिहीबार भएको पहिलो खेलमा नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको थियो | यस्तै शनिबार दोस्रो खेलमा हङकङलाई ४० रनले पराजित गरेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!