एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमै आउट

Posted on: 14 Nov, 2019

कात्तिक २८, काठमाडौं | बंगलादेशमा आजदेखि सुरु भएको एसिया कप क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतसँगको खेलमा खराब सुरुवात गरेको छ |

पहिलो ओभरको दोस्रो बलमा नै कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमै आउट भएका छन् | त्यसपछि ब्याटिङ गर्न शरद भेषवाकर र कुशल भुर्तेल आएका छन्  |

नेपालले १५ ओभरको समाप्तीमा ४७ रन बनाएको छ भने एक  विकेट गुमेको छ | समूह ‘बी’ मा भारत, आयोजक बंगलादेश र हङकङ छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!