नेपाल र कुवेतबीचको खेल भुटानमै हुने

Posted on: 11 Nov, 2019

कार्तिक २५, काठमाडौँ | फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिता अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने पक्का भएको छ | आगामी मंसिर ३ गते भुटानको राजधानी थिम्पुस्थित चाङ्गलिमिथाङ रंगशालामा खेलहुने भएको हो |

 नेपालको दशरथ रंगशालामा खेल खेलाउने प्रस्ताव गरिएको थियो | मापदण्ड नपुगेकाले एएफसीले दशरथ रंगशालालाई अयोग्य घोषित गरेको थियो | त्यसपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्युट्रल भेन्यूको रुपमा भुटानमा खेल्न गरेको प्रस्तावलाई एसियाली फुटबल महासंघले स्विकृत गरेको हो |

एएफसीका प्रतिनिधि देङ सिओ लोङले गोप्य रूपमा निरिक्षण गरे लगत्तै उनले दशरथ रंगशालाको मापदण्ड नपुगेको प्रतिवेदन बुझाएका थिए | बि.स २०७२ को भूकम्पले क्षतिग्रस्त दशरथ रंगशाला अहिलेसम्म पूर्णरुपमा तयार भएको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!