आज नेपाल र जोर्डन बीच विश्व कप छनोटको फुटबल खेल हुँदै

Posted on: 15 Oct, 2019

असोज २८, काठमाडौँ | विश्वकप छनोटमा नेपालले समूह चरणका चौथो खेल आज जोर्डनसंग खेल्दैछ । यस अघि ९-० गोलले पराजित भएर लज्जास्पद हार व्यहोरेको नेपालको लागि आज सुधारिएको खेल हेर्ने नेपाली फुटबल प्रेमीहरुको आशा छ । यस अघि नेपालले ३ खेल खेलिसकेको छ । जसमा १ जित र २ हारको सामना गरेको छ । एस अघि खेलेको ३ खेलमा १२ गोल खाएर नेपालले विपक्षी पोष्टमा २ गोल मात्र गर्न सकेको छ ।

अघिल्लो २ खेलमा कुवेतले नेपाललाई ७–० गोल अन्तरले पराजित गरेको थियो भने अष्ट्रेलियाले ५-० अन्तरले पराजित गरेको थियो । चाइनिज ताइपेसँग खेल्दा भने नेपाली टोलीले जितको खडेरी टार्दै २–० ले विजयी भएको थियो । 

जोर्डनसंगको खेलको लागि नेपाली फुटबल टोलि शनिबार नै अम्मान पुगिसकेको छ । २०११ को अक्टुबर २३ मा खेलिएको खेलमा नेपाललाई ९-० गोलको लज्जास्पद हार चाखेको नेपालको लागि आजको खेल निकै महत्वपूर्ण छ । पुरानो इतिहास दोहोरिन नदिनको लागि पनि नेपालले सम्हालिएर खेल्नुपर्ने हुन्छ । नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार आज राति ९:४५ बजे सुरु हुनेछ । 

फिफा वरियताको कुरा गर्ने हो भने नेपाल १ सय ६१ औं स्थानमा छ भने जोर्डन ९८ औं स्थानमा छ । विश्वकप छनोट खेलमा जोर्डनले २ खेल खेकेर ४ अंक जोडेको छ । छनोट खेल अन्तर्गत ग्रुप 'बि' मा रहेको नेपालले ३ खेलबाट ३ अंक जोडेर अंक तालिकामा चौथो स्थानमा छन् । 

तल हेर्नुहोस् अंक तालिका:


यस बिषयमा तपाइको प्रतिक्रिया...!