पारस खड्काद्वारा राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा

Posted on: 15 Oct, 2019

असोज २८, काठमाडौँ | क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काको राजीनामा आएको हो । एक दशकदेखि राष्ट्रिय टिमको नेतृत्व गर्दै आएका खड्काले निलम्बन फुकुवाको स्वागत गरेका छन् । 

नयाँ सुरुवातका लागि आफूले कप्तान पद छाड्ने निर्णय लिएको उनले बताएका छन् ।

२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी-ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पायो । 

कप्तान पद छाडेपनि पारसले राष्ट्रिय टिमबाट भने खेल्ने बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!