आईसीसीद्वारा सुपर ओभरको नियम परिर्वतन, अब यस्तो हुनेछ नियम

Posted on: 14 Oct, 2019

असोज २७, काठमाडौँ | निर्धारित ५० ओभर र सुपर ओभरमा पनि बराबरी भएपछि बाउण्ड्रीका आधारमा इंग्ल्याण्ड विश्वकप विजेता बन्दा यो नियमको निकै आलोचना भयो ।

अब आईसीसीले आफ्नो नियम नै परिर्वतन गरेको छ । सोमबार बसेको बोर्ड बैठकले सेमिफाइनल र फाइनलको सुवर ओभर टाइ भए के गर्ने भन्ने नियम बनाएको हो ।

जसअनुसार अब सुपर ओभरमा एउटा टिमले रन बढी बनायो भने त्यही विजेता हुन्छ ।

तर सुपर ओभर दुबै टिमको रन भएमा फेरि सुपर ओभर खेलाइनेछ । यो तबसम्म जारी रहन्छ, जबसम्म दुई मध्ये एक टिमले त्यो सुपर ओभरमा बढी रन बनाउँदैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!