यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि २३ सदस्यीय नेपाली टिमको घोषणा

Posted on: 07 Aug, 2019

साउन २२, काठमाडौं । यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि २३ सदस्यीय नेपाली टिमको घोषणा  भएको छ  | उक्त टिमको घोषणा मुख्य प्रशिक्षक सुनील श्रेष्ठले साफ गरेका हुन् । यही २१ अगष्टबाट ३१ अगष्टसम्म भारतको कल्यानी रंगशालामा सञ्चालन हुने प्रतियोगितामा नेपालको लक्ष्य उपाधि जित्नु रहेको छ । 

 नेपालले आफ्नो पहिलो खेल आयोजक भारतसँग अगष्ट २१ मा प्रतिस्पर्धा गर्दैछ । नेपालले दोस्रो खेल अगष्ट २३ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । अगष्ट २७ मा तेस्रो खेल बंगलादेशसँग खेल्ने नेपालले अन्तिम खेल भुटानसँग अगष्ट २९ तारिखमा खेल्नेछ । उक्त प्रतियोगितामा पाँच देशको सहभागिता रहने  छ |

राउण्ड रोविनमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टीम फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल भने अगष्ट ३१ तारिखमा हुनेछ । नेपाली टीममा गोलकिपर, ईश्वर गुरुङ, मनोज दाहाल, जेनियस केसी रहेका छन् | त्यस्तै डिफेन्डरमा प्रज्ञान महर्जन, अभिषेक वाइबा, प्रमिश गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा छनोट गरिएको छ भने, मिडफिल्डरमा जान्मीजय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, विपिन तुम्सिङ मगर, अमिर हामिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई छनोट गरिएको छ | र फरवार्डमा भने क्रिशन अधिकारी यादव, क्रिश सापकोटा, सुजन जिमी, शशांक बोहरा रहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!