काठमाडौँको तारकेश्वरमा 'स्कूल स्तरिय फुटसल' प्रतियोगिता, १८ स्कुल प्रतिष्पर्धामा उत्रिदै

Posted on: 29 Jul, 2019

साउन १३, काठमाडौँ (सास) | विश्व परिवेशले खेलमा लगानी गर्दै आफ्नो देश अरु देशभन्दा शक्तिशाली बनाउने रणनीतिमा रहँदा नेपालले पनि बिभिन्न खेल सम्बन्धि क्रियाकलाप बढाउदै लैजानुपर्नेमा जोड दिईएको छ । प्राइभेट स्कूलहरुको संगठन (OPS) मा आवद्ध बिद्यालयहरुको प्रतिष्पर्धामा साउन १६ र १७ गते आयोजना हुने फुटसल प्रतिष्पर्धाको लागि आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताइएको हो । 

'खेल र परिवर्तनका लागि संगै' भन्ने नाराका साथ तारकेश्वर-१०, मनमैजुमा रहेको नर्थ प्वाइन्ट एकेडेमीमा आयोजित उक्त पत्रकार सम्मेलनमा दोश्रो 'OPS Inter School 5A SIde Futsal Tournalent-2076' प्रतियोगिता आयोजना हुने जानकारी गराइएको छ । काठमाडौँको तार्केश्वर नगरपालिका स्थित G4 Futsal मा आयोजना हुन लागेको उक्त प्रतिस्पर्धा मनमैजुकै नर्थ प्वाइन्ट एकेडेमीको संयोजकत्वमा आयोजनामा हुने भएको हो । उक्त प्रतियोगितामा १८ स्कुल सहभागी हुँदैछन् । खेलको सोमबारनै समूहतालिका सार्वजनिक गरिएको छ । 


प्रतियोगितातामा  विभिन्न १८ विद्यालयको विद्यार्थीहरुको सहभागिता रहने प्रतियोगिता संयोजक स्कुल नर्थप्वाइन्ट एकेडेमीका भाइस प्रिन्सिपल दिवाकर पौडेलले जानकारी दिए । उनले आफ्नो स्कुलले प्रतियोगीता आयोजना गर्न पाउने अवसर पाएकोमा थप उत्साह मिलेको बताए ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय भलिवल संघका अध्यक्ष राम बहादुर केसीले यस्ता प्रतियोगिताको प्रभाव भविष्यमा राष्ट्रिय स्तरमा समेत पर्ने भन्दै राष्ट्रिय खेलाडी उत्पादन गर्नुनै यस्ता खेलहरुको मुख्य उद्देश्य रहेको बताए । उनले बिभिन्न स्कुलहरुले उत्पादन गरेको बिद्यार्थीहरु अहिले राष्ट्रिय स्तरमा खेल खेल्ने खेलाडीको रुपमा परिचित भईसकेको बताए । 

विद्यालयहरुबीच भाइचारा र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको उक्त फुटसल लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्राइभेट स्कूलहरुको संगठन 'OPS' का अध्यक्ष लोकेन्द्र बहादुर खड्काले जानकारी दिए । खड्काले आफू विदेश भ्रमणको क्रममा रहँदा त्यहाँको स्कुलहरुमा खेललाई पढाई सरह प्राथमिकता दिएको भन्दै नेपालमा त्यस्तै अभ्यास जरुरी रहेको धारणा व्यक्त गरे । उनले  प्राइभेट स्कूलहरुको संगठन 'OPS'को सबैभन्दा कान्छो विद्यालयको रुपमा रहेको नर्थ प्वाइन्टले खेलको आयोजना गरेको भन्दै आयोजकप्रति धन्यवाद दिए । 


चार ग्रुपमा खेलाईने खेलमा दुई ग्रुपमा ५/५ स्कुल र दुई ग्रुपमा ४/४ स्कुलले प्रतिष्पर्धा गर्ने भएका छन् । समूह बिजेताहरुको प्रतिष्पर्धाबाट खेलको नतिजा निर्धारण हुनेछ । खेलमा प्रथम, दोस्रो र तेस्रो टिमले ट्रफी, मेडल र प्रमाणपत्र पौनेछन् भने व्यक्तिगत विधातर्फ सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र राम्रो गोलकिपरले समेत पुरस्कार प्राप्त गर्नेछन् । 

ग्रुप तालिका हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!