रोनाल्डोको ह्याट्रिकसँगै पोर्चुगल फाइनलमा प्रवेश

Posted on: 06 Jun, 2019

जेठ २३ (एजेन्सी) | पोर्चुगल युरोपियन नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेखेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा स्विटजरल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै पोर्चुगल उपाधि नजिक पुगेको हो ।

खेलको २५ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै रोनाल्डोले टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । ५७ औ मिनेटमा पेनाल्टीमा रिकार्डो रोड्रिग्वेजले स्विस टोलीका लागि गोल गरे । 


रिचार्डो रोड्रिग्वेजले स्विस टोलीका लागि गोल गरेका थिए । खेलको अन्तिम तीन मिनेटमा दुई गोल गर्दै रोनाल्डोले ह्याट्रिक पुरा गरे र पोर्चुगललाई प्रतियोगिताको फाईनल यात्रा तय गराए । 

ईटालियन क्लब युभेन्ट्सका स्टार रोनाल्डोले कर्नर पासको सदुपयोग गर्दै ९० औ मिनेटमा ह्याट्रिक पुरा गरे । 


पोर्चुगलले उपाधिका लागि बिहीबार हुने इङ्ल्याण्ड र नेदरल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार पोर्तोमा हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!