ब्यांग्लोरद्वारा हैदरावाद पराजित: कोलकाताको हातमा पन्जाव र हैदरावादको प्लेअफ यात्रा

Posted on: 05 May, 2019

वैशाख २१, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराईज हैदरावादलाई ४ विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स ब्यांग्लोरले आफ्नो यस सिजनको आईपीएलको अन्तिम र सम्मानजनक खेल खेलेको छ । आजको खेलमा हैदरावादले हारेसँगै कोलकाता नाइटराइडर्सलाई प्लेअफमा पुग्न थप सहज भएको छ । 

समान १२/१२ अंक रहेको हैदरावादले आजको खेल हारेपछि प्लेअफ्को लागि अब अर्को खेल खेल्नेछैन । हैदरावादले १४ खेल खेलिसकेको छ भने कोलकाताले आफ्नो १४ औं खेल खेल्न बाँकीनै छ । यदी आजको खेल हैदारावादले जितेको भए कोलकातालाई आफ्नो १४ औं खेल जित्नैपर्ने र रनरेट पनि राम्रो हुनुपर्ने आवश्यक थियो तर अब कोलकातालाइ केहि सहज भएको छ । मुंबईलाई हराउन सकेको खण्डमा कोलकाता प्लेअफ पुग्नेछ । 


यदि पन्जाबले चेन्नईलाई पराजित गर्यो भने उसको पनि १४ खेलमा १२ अंक हुनेछ । दोश्रो म्याचमा मुंबईले कोलकातालाई पराजित गरेको खण्डमा कोलकाताको पनि १४ म्याचमा १२ अंकनै हुनेछ । यस्तो अवस्थामा नेट रनरेटको आधारमा प्लेअफमा पुग्ने चौथो टीमको चयन हुनेछ । यदि कोलकाताको टिमले मुम्बईलाई हराउन सकेको खण्डमा भने पन्जाव र हैदरावाद दुवैको प्लेअफमा पुग्ने सपना साकार हुने छैन ।

आजको खेलमा १ सय ७६ रनको लक्ष्य पाएको रोयल च्यालेन्जर्स बैंग्लोरले १९.२ ओभरमा उक्त लक्ष्य पुरा गर्दै आफ्नो अन्तिम खेल जितेको हो । बैंग्लोरको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ७५ रन पुरा गरेको थियो । हैदरावादका लागि कप्तान केन विलिनसनले अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ५ चौका र ४ छक्काको सहयोगमा ७० रनको योगदान गरे । त्यस्तै मार्टिन गप्टीलले ३० रन जोड्दा विजय शंकरले २७ तथा रिद्धीमान शाहले २० रन जोडे । 


बलिङतर्फ वासिन्टन सुन्दरले सर्वा्धिक तीन विकेट लिए । त्यस्तै नवदीप शानीले दुई तथा युभेन्द्र चहाल र कुवान्टले समान एक-एक विकेट लिए ।

त्यसपछि लक्ष्य पछ्याउन आएको ब्यांग्लोरको लागि सुरुवाती खेल खराव रह्यो । ब्यांग्लोरको लागि शिमरन हेटमायरले सबैभन्दा बढी ७५ रनको पारी खेले । उनले ४७ बलमा ४ चौका र ६ छक्का प्रहार गरेका थिए । उनको अलावा गुरकीरत सिंह मानले पनि ४८ बलमा ६५ रन बनाएर टीमलाई जीत दिलाउन अहम भूमिका खेले । दुवैजनाले तेश्रो विकेटको लागि ८९ बलमा १४४ रनको साझेदारी गरेका थिए ।


खेलमा हेटमायर म्यान अफ द म्याच बने । हेटमायर, गुरकीरत र विराट कोहली बाहेक ब्यांग्लोरका कुनै खेलाडीकले राम्रो रन जोड्न सकेनन् । खेलमा हैदराबादकोलागी भुवनेश्वर कुमारले २, खलील अहमदले ३ र राशिद खानले १ विकेट लिन सफल भए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!