सन्दीपलाई नखेलाउनु दिल्लीको दुर्भाग्य, सट्टा खेलाडी महँगा सावित

Posted on: 19 Apr, 2019

वैशाख ६, काठमाडौँ | IPL सिजन १२ अन्तर्गत खेलहरु जारी छन् । बिहिबार रातिको खेलमा दिल्ली र मुम्बई इन्दिएन्बीच खेल भयो । उक्त खेलमा नेपालका लेग स्पीनर सन्दीप लामिछाने टिम ११ मा परेनन् । बिहिबार मुम्बईबिरुद्धको खेलमा सन्दिप लामिछानेलाई नखेलाउनुमा दिल्लीको दुर्भाग्य भएको भन्दै समर्थकहरुले आलोचना गरेका छन् । 


पहिले टस जितेर ब्याटिङ रोजेको मुम्बईले १६८ रनको स्कोर बनाउन सक्यो । उक्त खेलमा बलरहरु हावी हुन नसकेको कारण ठूलो स्कोर खडा भएको बताइएको छ । जसको परिणामले मुम्बई इन्डियन्ससँग आफ्नै घरेलु मैदानमा दिल्ली ४० रनले पराजित हुन पुग्यो । दिल्लीको घरेलु मैदान फेरोज शाह कोट्लामा भएको उक्त खेलमा सन्दीप लामिछानेलाई मौका दिइएन ।

मुम्बईविरुद्धको खेलमा सन्दीपलाई उतार्ने आशा गरिए पनि उनको सट्टामा अरु नै उत्रिए । त्यसो त कोट्ला मैदान स्पीनरहरु चल्ने मैदान मानिन्छ । स्पीनर मैत्री मैदानमा सन्दीपलाई उतारेको भए दिल्लीले जित्ने सम्भावना रहेको समर्थकहरुको भनाई छ । खेलमा सन्दिपको सट्टा खेलाईएका अन्य बलरहरु निकै महँगा सावित भए । सन्दीपको सट्टामा वेस्ट इन्डिजका किमो पउल र दक्षिण अफ्रिकाका क्रिस मोरिस खेलेका थिए ।

उक्त मैदानमा दिल्लीको लागि अक्षर पटेल र अमित मिश्रा दुवै जना स्पीनरले निकै राम्रो खेले । दुवै स्पीनरले उत्कृष्ट बलिङका साथै १/१ विकेट पनि लिन सफल भए । तर सन्दिपको सट्टा खेलाईएका किमो पउलले ३ ओभरमा ३७ रन र क्रिस मोरिसले ३ ओभरमा ३९ रन दिए र कुनै विकेट लिन सकेनन् ।


आईपीएलमा अहिलेसम्मका सबै खेलमा सन्दिपले विकेट लिएको रेकर्ड छ । त्यसमा पनि उनको इकोनोमी रेट पनि निकै राम्रो अवस्थामा छ । सन्दिपको ब्याटिङ केहि राम्रो नभएकाले अलराउन्डरलाई दिल्लीले बढी ध्यान दियो तर सोचेको नतिजा प्राप्त गर्न सकेन । ब्याटिङतर्फ मोरिसले ९ बलमा ११ रन जोड्न सके पनि पउलले कुनै रन नलिई आउट हुन पुगे । दिल्लीले यस सिजनका ९ खेल खेल्दा सन्दीपलाई ४ खेल खेल डियो जसमा सबै खेलमा सन्दिपले विकेट लिएका थिए । यदी बिहिबारको खेलमा १ विकेट मात्र लिन सकिएको र रन रोक्न सकिएको भए दिल्लीले खेल आफ्नो पक्षमा पार्न सक्ने देखिन्थ्यो । 

दिल्लीले २ जना मात्र स्पीनर उतार्दा रणनीतिलाई बुझ्दै मुम्बईले दिल्लीको इनीङलाई प्रभावित पार्ने गरि तीन जना स्पीनर प्रयोग गर्‍यो । जस अनुसार उसका स्पीनरहरुले उत्कृष्ट पर्दर्शन पनि गरे ।

खेलको हारपछि दिल्लीका कप्तान श्रेयस अयरले खेलमा २० रन बढि भएको प्रतिक्रिया दिए । जुन स्कोरलाई सन्दिपले रोक्न सक्ने समर्थकहरुको प्रतिक्रिया छ । 

आइपीएल करियरमा ७ खेल खेलेरसबै खेलमा विकेट लिएका सन्दिपलाई आगामी खेलमा दिल्लीले टिम ११ मा स्थान देला-नदेला हेर्न बाँकी छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!