मैत्रीपुर्ण फुटबलः २ का विरुद्ध ३ गोल गर्दै प्रेस युनियन खोटाङ विजयी

Posted on: 15 Apr, 2019

बैशाख २, खोटाङ | प्रेस संगठन नेपाल र नेपाल प्रेस युनियन खोटाङबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा प्रेस युनियन विजयी भएको छ । नयाँ बर्ष २०७६ को अवसरमा प्रेस युनियनले प्रेस संगठनलाई २ का विरुद्ध ३ गोल गर्दै विजयी भएको हो । 

आईतबार दिउँसो दिक्तेलस्थित माटिकोरे खेलमैदानमा भएको प्रतियोगीतामा पहिलो हाफमा युनियनले संगठनलाई ३ गोल गरेको थियो । पहिलो हाफमा १ गोल पनि नगरेको संगठनले दोस्रो हाफमा २ गोल गरेको थियो । युनियनले पहिलो हाफमा गरेको ३ गोल नै निर्णायक बनेपछि युनियन विजयी भएको हो । प्रतियोगीताको लागि सेतो जर्सीमा प्रेस संगठन नीलो जर्सीमा प्रेस युनियन मैदानमा उत्रिएका थिए । 

दिक्तेल रुपाकोट मझुवाढी नगरपालिकाको प्रायोजनमा भएको मैत्रीपुर्ण फुटवल प्रतियोगीता १ घण्टा संचालन भएको थियो । नगर प्रमुख दिपनारायण रिजालको प्रमुख आतिथ्यतामा मैत्रीपुर्ण फुटवल प्रतियोगीता भएको हो । प्रतियोगीताका लागि नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले एक थान फुटवल दुई संगठनलाई संयुक्तरुपमा प्रदान गरेका छन् । नयाँ वर्षसंगै सृजनात्मक काममा लाग्नुपर्छ भन्दै दुवै संगठनले आधा घण्टा खेलमैदान सरसफाई समेत गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!