IPL क्रिकेट: ब्यांग्लोरका कप्तान विराट कोहोली कारबाहीमा परे, यस्तो छ कारण

Posted on: 15 Apr, 2019

वैशाख २, काठमाडौँ | आईपीएलको १२ औं सीजनमा किंग्स इलेभन पन्जाबबिरुद्ध खेल्ने क्रममा स्लो ओभर-रेटको कारण रोयल च्यालेन्जर्स ब्यांग्लोरका कप्तान विराट कोहलीलाई १२ लाख भारतीय रुपयाँ जरिवाना तिराइने निर्णय गरिएको छ ।  उनको टीमले आईपीएलको आचार संहिताको बिरुद्ध पहिलो पटक स्लो ओभर-रेटको नियम उल्लंघन गरेको हो, यसैले कोहलीलाई १२ लाख भारु जरिवाना तिराउने निर्णय गरिएको हो ।

कोहोलीको टिमलाई अर्को पटक पनि यस्तै गल्ती गरे एक खेलमा प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ । यसरी स्लो ओभर रेटका कारण कारबाहीमा पर्ने कोहली आइपीएलका तेस्रो कप्तान बनेका छन् । यसअघि मुम्बई इण्डियन्सका रोहित शर्मा र राजस्थान रोयल्सका अजिंक्या रहाणे पनि कारबाहीमा परेका थिए ।


आईपीएलमा सबै टिमले सात खेल खेल्दा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स ब्यांग्लोरले शनिबार पहिलो खेल जितेको थियो । लगातार ६ खेलमा पराजय भोगेको ब्यांग्लोरले शनिबार राति किंग्स इलाभेन पञ्जाबलाई ८ विकेटले पराजित गर्दै हारको श्रृंखला अन्त्य गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!