IPL: चेन्नईद्वारा राजस्थानमाथि रोमान्चक जित (८ टिम कुन-कुन स्थानमा ?)

Posted on: 12 Apr, 2019

चैत २९, एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्सले छैटौं जित हासिल गरेको छ  । बिहिबार राति भएको खेलमा घरेलु टोली राजस्थान रोयल्सलाई चेन्नईले ४ विकेटले पराजित गर्दै छैटौं जित निकालेको हो ।


जयपुरस्थीत सवाई मानसिंह क्रिकेट स्टेडियममा राजस्थानले दिएको १५२ रनको लक्ष्य चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । चेन्नई सुपरकिंग्सको जितको लागे कप्तान महेन्द्र सिंह धोनी र अम्बाती रायडुले निकै फराकिलो इनिङ्स खेले । धोनीले ५८ रन जोड्दा रायडुले ५७ रन बनाएका थिए । राजस्थानको लागि बेन स्टोक्सले दुई विकेट लिए । त्यस्तै धवल कुलकर्मी, जयदेव उनाडकट र जोफ्रा आर्चरले एक एक विकेट लिए । 

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरा २० ओभर खेल्दै ७ विकेट गुमाएर १५१ रन बनाएको थियो । राजस्थानको लागि उक्त स्कोर जम्मा गर्ने क्रममा बेन स्टोक्सले २८ रन, जोस बट्लरले २३ रन, रियन परागले १६  रन, स्टिभ स्मिथले १५ रन तथा कप्तान अजिंका रहानेले १४ रन बनाएका थिए । 


खेलमा श्रेयस गोपाल १९ रनमा अविजित रहदा जोफ्रा आर्चरले अविजित १३ रन बनाएका थिए । चेन्नईका रविचन्द्र आश्विन, सार्दुल ठाकुर र दिपक चाहरले समान २/२ विकेट लिएर खेललाई १५२ रनको लक्ष्य पछ्याउने अवस्थामा पुर्याएका थिए । 

चेन्नईको सुरुवाती चरणको निकै खराव पर्दर्शन कप्तान महेन्द्र सिंह धोनीले सम्हालेका थिए । यस जीतसंगै चेन्नईले ७ खेलबाट १२ अंक जोडेर अंकतालिकामा सबैभन्दा शिर्ष स्थानमा कायम छ । आजको जीत चेन्नईका कप्तान धोनीको कप्तानीमा आइपीएलमा १०० औं जित रहेको छ । 

यस पटकको आइपीएलमा हालसम्मको अंक तालिकाको दोश्रो स्थानमा ८ अंक सहित कोलकाता नाइटराइडर्स छ भने तेश्रो र चौथो स्थानमा ८/८ अंकको साथ क्रमश मुम्बई इन्डीयन्स र किंग्स इलाभेन पन्जाव रहेका छन् । 

अंक तालिका हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!