बैतडीको गाउँमै राष्ट्रपति रनिङ सिल्ड

Posted on: 10 Apr, 2019

नरी बडु | चैत्र २७, बैतडी । कुनै प्रतियोगिता गर्न खेलमैदन अभावका कारण गर्न नसकिने डिलाशैनी गाउँपालिकामा खेलमैदान बनेपछि प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गरिएको छ । नव निर्मित गाउँपालिकाकै खेल मैदानमा सबै प्रकारका प्रतियोगिता खेल्न पाएपछि यहाँका स्थानीयमा पनि खुसियाली छाएको छ । ‘स्वस्थ, सबल र समृद्ध डिलासैनी हाम्रो पहिचान, स्वास्थ्यको लागी खेलकुद हाम्रो अभियान’ भन्ने मुल नाराका साथ गाउँपालिकाले मंगलबारबाट प्रथम राष्टपती रनिङ सिल्ड प्रतियोगिता सुरु गरेको हो ।

गाउँमा खेलमैदान बनी प्रतियोगिता संचालन हुनाले आफुहरु खुसि भएको एक खेलाडी जानकी जोशीको भनाई छ । उनले भने “पहिला मैदान अभावले खेल्न धेरै गारो थियो अहिले जेहोस मैदान बनेर सजिलो भयो ।” “पालिकामात्रै होईन अब सबै वडामा खेलमैदन हुनुपर्छ तब मात्र युवाहरुले आफ्ने खेल कला प्रस्तुत गर्न सक्दछन् ।” त्यस्तै अर्का खेलाडी प्रदीप रानाले पनि गाउँमै आयोजना भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले आफुहरुमा उत्साह थपेको बताए । खेलाडी शान्ती जोशीले भनि प्रतियोगीलाले आफु उत्साहित भएको र विभिन्न समयमा यस्ता प्रतियोगिता गर्नुपर्ने बताए ।   

प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीको प्रमुख आथित्यतामा उद्घाटन गरिएको रनिङ सिल्डमा मंगलबार भलीबलका दुई खेल सम्पन्न भएका छन् । उद्घाटन सत्रमा बोल्दै सासंद भण्डारीले वर्तमान सरकारले एक पालिका एक खेलमैदानको धारणा अघि सारेको र पालिकाले खेलमैदान निर्माणका लागि ३० प्रतिशत बजेट विनियोजन गरे ७० प्रतिशत बजेट संघिय सरकारले व्यहोर्ने बताए ।


कार्यक्रममा बैतडी निर्वाचन क्षेत्र (क) बाट निर्वाचित सुदूरपश्चिम प्रदेशका सांसद प्रेम प्रकास भट्टले पनि खेलकुदलाई प्राथमिकतामा राखि गाउँबाट राष्ट्रय तथा अन्र्तराष्ट्रिय प्रतियोगिता खेल्न सक्ने किसमका खेलाडी उत्पादन गर्नुपर्ने धारण राखे । नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालले पनि गाउँपालिकाको खेल र अन्य विकास निर्माणका सवालमा पार्टीले खेल्नुपर्ने सबै प्रकारका भुमिका खेल्ने प्रतिबद्धता जनाए ।

गाउँपालिका स्तरिय प्रतियोगितामा गाउपालिका भरिका दश ओटा माध्यमिक बिद्यालयहरुको सहभागीता रहेको छ । सिल्डमा भलिवल, कवडी, दौड, हाईजम्प, त्रिपलजम्प, सटफुट, ज्याब्लिङथ्रो, रिले दौडमा लगायतका प्रतिस्प्रधा गराईने छन् । प्रतियोगिताबाट छनौट गरि गाउँपालिकावाट जिल्लास्तरिय सिल्डको लागि पठाईने गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख हरेन्द्र प्रसाद जोशिले बताए । मंगलबार सम्पन्न भलिवलका दुई खेलमा सिकेई मावि धामीगाउँलाई दुर्गा मावि सिमारले पराजित गरेको छ भने मण्डेस्वर मावि धावाला लाई सरस्वती मावि ननराले पराजित गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!