काठमाडौंमा बसको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

Posted on: 11 Feb, 2019

माघ २८, काठमाण्डौ | काठमाडौंमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । बिहान ६ बजेतिर बा ३ ख ७० ५७ नम्बरको बसले ठक्कर दिँदा सोलुखुम्बु घर भई सिनामङगल बस्दै आएका पदमबहादुर कार्कीको ज्यान गएको हो । 

ठक्करबाट घाइते भएपछि काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!