कोरोना बिरुद्धको खोपले पायो नेपालमा पहिलोपटक प्रयोग अनुमति

Posted on: 15 Jan, 2021

माघ २, काठमाडौँ | विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरस बिरुद्धको खोपले नेपालमा पनि पहिलोपटक प्रयोग अनुमति पाएको छ | 'कोभिसिल्ड' नामक कोरोनाविरूद्धको खोपलाई नेपालले आपतकालीन प्रयोग अनुमति दिएको हो |

भारतको सेरम इन्स्टिच्युट कम्पनीले निर्माण गरेको उक्त खोपलाई औषधी व्यवस्था विभागको शुक्रबार बसेको बैठकले आपतकालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको छ | भारतमा उक्त खोपलाई भोलिदेखि सर्वसाधारणलाई लगाउन थालिने छ |

सरकारले कोभ्याक्सअन्तर्गत पहिलो लटमा आउने भनिएको ३ प्रतिशत खोप आउन ढिला भए आफैं खरिद गरेर भए पनि खोप छिटो ल्याउने बताएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!