पोखरामा प्याराग्लाइडिङ दुर्घटना,पाइलटको मृत्यु

Posted on: 23 Nov, 2020

मङ्सिर ८, पोखरा | सोमबार पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ,भने यात्रु गम्भीर घाइते भएका छन् | उक्त दुर्घटनामा पोखराको लेकसाइड बस्दै आएका फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको हो |

उनलाई उपचारको लागि मेट्रो सिटी अस्पतालमा पुर्‍याउँदा करिब पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ | त्यस्तै प्याराग्लाइडिङकी यात्रु काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२की २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएकी छिन् |

प्रहरीका अनुसार उनलाई उपचारको लागि मेट्रोमा लगिएको छ |  प्याराग्लाइडिङ ल्यान्ड हुनु पर्ने स्थानभन्दा डेढ-दुई किलोमिटर माथि खसेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!