रोल्पामा कुटपिटबाट एक जनाको मृत्यु

Posted on: 23 Nov, 2020

मंसिर ८, रोल्पा | रोल्पामा कुटपिटबाट घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ| जिल्लाको रोल्पा नगरपालिका वडा नं. ५ छापाका २८ वर्षीय मोहन विकको कुटपिटबाट घाइते भएका स्थानीय ५६ वर्षीय भिमराज घर्तीको उपचारका क्रममा मृत्यु भएको हो |

मंसिर ४ गते राति १० बजेको समयमा मदिरा सेवन गरी आपसमा भनाभन हुँदा बिकले घर्तीलाई कुटपिट गरेका थिए | घाइते घर्तीलाई उपचारको लागि प्युठान जिल्लाको स्वास्थ्य चौकीमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि मंसिर ६ गते दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो |

प्रतिष्ठानमा पनि उपचार सम्भव नभएपछि मंसिर ७ गते बेलुका ५ बजे थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा ‘रिफर’ गरिएकोमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ |

घर्तीलाई कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!