बर्दियाका कोरोना संक्रमितको बाँकेमा मृत्यु

Posted on: 22 Nov, 2020

मंसिर ७,बर्दिया | बर्दियामा एकजना कोरोना संक्रमित पुरूषको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ | जिल्लाको गुलरिया नगरपालिका–३ का ७७ वर्षीय वृद्धको नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा आइतबार दिउँसो १२ः४५ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनी मंसिर ५ गते अस्पतालमा भर्ना भएका थिए | कोरोना संक्रमणको आशँकामा परीक्षण गर्दा भोलिपल्ट उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!