साथीको घरमा जाँदै गरेकी १८ वर्षीया किशोरीमाथि बलात्कार

Posted on: 20 Nov, 2020

मंसिर ५, महोत्तरी | प्रहरीले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । महोत्तरी बर्दिबास नगरपालिका–७ किसाननगर बस्ने २१ वर्षीय राजेश महतो पक्राउ परेका हुन् ।साथीको घरमा जाँदै गरेकी ती किशोरीलाई राजेशससहितका ३ जना युवाले धनुषा मिथिला नगरपालिका–३ स्थित उखुबारीमा जबरजस्तीकरणी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

किशोरी बलात्कृत भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवारबाट खटिएको प्रहरी टोलीले लुकछिपी बसेको अवस्थामा बुधबार राजेशलाई पक्राउ गरेको हो ।त्यस्तै घटनामा संलग्न अन्य २ जना फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!